Alliancekhabar

बिहिबार, आश्विन १०, २०८१

चितवन, असोज १० गते : भरतपुर महानगरले महानगरको मुख्य बजार क्षेत्रबाट बग्ने पुँगीखोला सिमानामा परेका संरचना हटाउन सुरु गरेको छ । बुधबार बिहान भरतपुर–१ र २ को सीमामा रहेको लायन्स भवनबाट उक्त अभियानको सुरुवात गरिएको हो । पाँचतले उक्त भवनकै नामबाट पूर्वपश्चिम राजमार्गको उक्त चोकको नाम लायन्स चोक रहन गएको थियो ।

२०४७/४८ सालतिर निर्माण सुरु गरी २०५१ सालमा सम्पन्न गरिएको उक्त भवन निर्माणका लागि जितबहादुुर पियाले जमिन उपलब्ध गराउनुभएको थियो भने तत्कालीन लायन्स इन्टरनेसनल ३२५ ‘बी’ अन्तर्गतको नारायणगढ लायन्सले भवन निर्माण गरेको हो ।

भरतपुर महानगरपालिकाले २०८१ साउन १२ गते पुुँगीखोलाको सीमा क्षेत्रमा बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनामा भनिएको थियो, “पुँगीखोलाको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत स्थायी र अस्थायी संरचना हटाउन सम्बन्धित जग्गाधनीलाई सूचित गरिन्छ ।”

पुँगीखोला भरतपुर महानगर–११ बाट सुरु भई वडा नं. २, १, ३ र ४ हुँदै नारायणी नदीमा मिसिने छ किलोमिटर ६५ मिटर लम्बाइको छ । यो खोलाको दुवैतर्फ ‘फुट ट्रेल’ सहित ठाउँ ठाउँमा विश्रामस्थल र पार्क निर्माण गर्ने महानगरको योजना रहेको बताइन्छ । पुँगीखोला सौन्दर्यीकरणका लागि महानगरले १६ करोड रुपियाँ विनियोजन गरेको छ ।

भरतपुर महानगरका प्रमुख रेनु दाहालले सार्वजनिक सूचना अटेर गरेका कारण बुधबारदेखि काम सुरु गरिएको बताउनुभयो ।

उहाँले केही समयअगाडि सीमाङ्कन गरिएको स्थान ‘क्लियर’ गरेर काम अगाडि बढाउने पनि बताउनुभयो । उक्त खोलाको भरतपुर–३ र ४ क्षेत्रका संरचना हटाइसकिएको र वडा नं. २ को केही भागमा मात्र संरचना हटाउन बाँकी छ । नारायणी नदीसँग जोडिएको वडा नं. ४ क्षेत्रमा गत आवबाट सौन्दर्यीकरणको काम सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल