धान डुबाएपछि किसान चिन्तामा

रौतहट, कात्तिक ५ गते : काटेर खेतमै सुकाएको धान शनिबार राति परेको पानीले डुबाएपछि रौतहटका किसान चिन्तित भएका छन् । दसैँ सकिएसँगै उत्साहका साथ धान भिœयाउन जुटेका किसानको धान काटिसकेपछि एक्कासि डुबानमा प-यो । चन्द्रपुर नगरपालिका–६ का किसान रमेश कोइरीको १० कट्ठामा लगाएको धान खेतमै डुबेको छ । उहाँ भन्नुहुन्छ, “भकारीमा पुग्नुपर्ने धान खेतमै डुबेपछि धान पाँजामै उम्रने […]

तिहारका लागि फूल तयार

बुटवल, कात्तिक ५ गते : आउँदै गरेको तिहारका लागि रुपन्देहीका महिलाले खेती गरेको फूल तयार भएको छ । तिलोत्तमा नगरपालिका–१, नयाँ मिलमा महिलाले लगाएको फूल तिहार नजिकिँदै गर्दा टिपेर माला उन्न तयार भएको हो । तिलोत्तमा देउराली पुष्प समूह गठन गरेर दुई वर्षदेखि महिलाले व्यावसायिक फूल खेती गर्न थालेका हुन् । समूहकी अध्यक्ष सीता पाठकले भन्नुभयो, “गत वर्ष साढे […]

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौँ, कात्तिक ५ गते : अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो । यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले […]

दसैँपछि गाउँ सुनसान

तनहुँ, कात्तिक ५ गते : दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै गएका छन् । दसैँ  मनाउन बिदामा गाउँ आएका आआफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएका दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेको व्यास नगरपालिका–८ का […]

भारतबाट ल्याइएको अवैध दुई सय किलो मुङ्ग्री माछा नियन्त्रण

उर्लाबारी, कात्तिक ५ गते : भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारु चौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनकुमार प्रधान र कानेपोखरी गाउँपालिकाका नगर प्रहरीका इन्चार्ज युवराज भुजेलको संयुक्त टोली माछा बोकेर ल्याएका दुई वटा मोटरसाइकल सहित माछा नियन्त्रणमा लिएको हो ।नगर […]

एउटा पुलले बदलेको सुस्ता

नवलपुर, कात्तिक ५ गते : नेपाली भूमि भएर पनि सुस्ता भन्नेबित्तिकै भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडिरहेको एउटा सानो गाउँ भन्ने बुझिन्छ । यहाँका साढे तीन सय परिवार सधैँभरि सुस्ता बचाउन लडिरहे । नारायणी नदीमा पुल नहुँदा सुस्तावासीले आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने र जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुको विकल्प थिएन । त्यसमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) […]

तीन सातादेखि विद्युत् उत्पादन ठप्प

ताप्लेजुङ, कात्तिक ४ गते । पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो । अविरल वर्षासँगै इलामको माईखोलामा आएको बाढीले काबेली कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर […]

जात्राले स-यो दसैँको टीका

हेटौँडा, कात्तिक ४ गते  । उत्तरी मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङको चार गाउँका नेवार समुदायले आइतबार र सोमबार दसैँको टीका लगाउने भएका छन् । थाहा नगरपालिका–१० का गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका आइतबार र सोमबार लगाउने भएका हुन् । थाहा नगरपालिका–१० मा हरेक वर्ष कात्तिक १ गते लाग्दै आएको चम्पाकेश्वर महादेवको […]

ट्रायल पासपछि मोबाइलमै लाइसेन्स

काठमाडौँ, कात्तिक ४ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ । नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आइतबारदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो । आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको […]

महिला टी–२० विश्वकपले नयाँ च्याम्पियन पाउने

शारजाह, कात्तिक ४ गते । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच महिला टी–२० विश्वकपको उपाधि भिडन्त हुने भएको छ । अब आइतबार दुबईमा हुने फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने भएको छ । न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल