alliance khabar

शुक्रबार, पुष १९, २०८१

काठमाडौँ, पुस १९ गते ।

लेखक कुमारी लामाले महिला लेखकले लेखेका कृति पढेर प्रतिक्रिया दिने र कृतिबारे छलफल गर्ने सार्वजनिक मञ्च कम दिने प्रवृत्ति रहेको बताउनुभएको छ ।

दक्षिण एसियाका साहित्य र संस्कृति जोड्ने पुलको रूपमा राजधानीमा आयोजित अन्तर्राष्ट्रिय दोस्रो दक्षिण एसिया पुस्तक प्रदर्शनीमा बिहीबार आयोजित ‘नेपाली साहित्य लेखनमा महिलाको उपस्थिति’ विषयमा बोल्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । हालै बजारमा आएको कृति दज्यू सन्लाप निबन्ध सङ्ग्रहका लेखकसमेत रहनुभएका लेखक लामाले आफूलाई नारीवादी लेखकका रूपमा स्विकार्दै  वर्गीय र लैङ्गिक सशक्तीकरणको सवालसँगै हाल पहिचानको मुद्दालाई पनि सँगै उठाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजको संरचनागत समस्याका कारण पनि महिलाले बढी समस्या भोग्नु परेको छ, महिलाले भोगेको समस्या महिला लेखकले नै राम्रोसँग लेख्न सक्छन् तर त्यस्ता कृतिलाई महिलाको गनगन मान्ने, पीडालाई हाँसोमा उडाउने प्रवृत्तिसमेत हाबी छ ।”

लेखक लामाले समानताका वकालत गर्दै  महिला लेखकले लेखेका कृतिको अध्ययन गरी बुझ्ने, प्रतिक्रिया दिने र लेखकले पनि समाज परिवर्तनका लागि प्रशस्त मेहनतका साथ जिम्मेवार बन्नुपर्ने बताउनुभयो । लेखक डा. ज्ञानु पाण्डेले साहित्य अनुभूतिकै अभिव्यक्ति हो भन्दै नारीवादी लेखक महिला मात्र हुँदैनन्, महिला, पुरुष वा अन्य लिङ्गीय पहिचान भएका व्यक्तिहुन सक्छन् भन्नुभयो ।

उहाँले समानताको न्यायका लागि कलम चलाउने हरेक लेखक नारीवादी हुन सक्छन् तर २१ औँ शताब्दीमा पनि नारीवादी साहित्य, लेखकबारे चर्चा गरिरहनुपर्नुका कारण भने नारीवादी सोचको परिवेश नभएरै हो भन्नुभयो । लेखक डा. पाण्डेले नारीवादी साहित्य वा कृतिले समाजको आफ्नो धरातललाई बुझाउन खोज्दा बुझ्ने कोसिस भने नारी र पुरुष सबै पाठकले गर्नुपर्ने बताउँदै समग्रमा महिला लेखकको पहिचानलाई पनि  स्विकार्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल