alliance khabar

शुक्रबार, पुष १९, २०८१

काठमाडौं, पुस १९ गते ।

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा वरिष्ठ पत्रकार निर्मला शर्माले विवाहपछि आफू पत्रकारिता पेशामा आएर अझै क्रियाशील रहेको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा आयोजित मिडिया संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पत्रकारिता पेशामा अवसरलाई चुनौतीले घेरेको चर्चा गर्नुहुँदै उहाँले सत्य तथ्य समाचार नै पत्रकारिताको सम्पत्ति भएको बताउनुभयो ।

प्रतिस्पर्धा गर्ने दौडमा अहिलेको न्यूमिडियाले पाठक तथा नागरिकलाई गलत सूचना प्रवाह गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “पाठकलाई गलत सूचना दिने छुट मिडियाकर्मी र सम्पादकलाई छैन, छिटो हुने दौडमा गलत सूचना प्रवाह नगरौं । पाठकको विश्वसनीयता रहेन भने छिटो हुने दौडको केही अर्थ रहँदैन ।”

पछिल्लो समय नेपाली पत्रकारिता चमात्कारिक ढङ्गले फड्को मारे पनि चुनौती सँगसँगै ल्याएको उहाँको भनाइ छ । एउटा अध्ययनले ६२ प्रतिशत पाठकहरु सामाजिक सञ्जालमार्फत मिडियाको समाचार अध्ययन गर्नेगरेको देखाएको उहाँले बताउनुभयो । विशेषगरी अहिले न्यूमिडियामा सत्य तथ्य समाचारको खडेरी पर्न थालेको बताउँदै उहाँले भन्नुभयो, “पत्रकारिता साख जोगाउन सत्य तथ्य समाचार सम्प्रेषण नगरी हुँदैन । मिडिया सञ्चालक र कार्यरत पत्रकार यसमा सजग हुनुपर्छ ।”

सो अवसरमा पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, उपप्राध्यापक डा. श्रीराम पौडेलसहित दर्शनाचार्य अध्ययनरत पत्रकार तथा विद्यार्थीको सहभागिता थियो । विभागले हरेक शुक्रबार मिडिया विज्ञहरुसँग समसामयिक पत्रकारिताको विषयमा संवाद कार्यक्रम गर्दैआएको छ । महासंघका अध्यक्ष शर्मासँग गरिएको यो सातौं शृङ्खला हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल