खोटाङ, १ कात्तिक : जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो । ढुङ्गाना उपचारका लागि काठमाडौँ जानुभएको छ । उहाँ उपचारका लागि जानुभएपछि […]
काठमाडौँ, ३० असोज : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताउनुभएको छ । कुनै मुद्दा उठेपछि सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नै पर्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गर्नुभयो । संसदको लामो […]
मन्थली (रामेछाप) ३० असोज ः नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति रामेछापले आयोजना गरेको नेविसङ्घ कप–२०८० को उपाधि धादिङले जितेको छ । बागमती प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा धादिङले रामेछापलाई २२–२५, २५–२२, २५–१४, २३–२५ र १५–१२ ले जितेको हो । तृतीय स्थानका लागि ललितपुर र नुवाकोटबीच भएको खेलमा नुवाकोटले ललितपुरलाई २५–१७, […]
काठमाडौँ, ३० असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भन्नुभयो, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु ।” […]
काठमाडौँ, ३० असोज : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड […]
काठमाडौँ, ३० असोजः मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो चार केभी सबस्टेसन निर्माण सम्पन्न गरी सोमबार साँझ चार्ज गरिएको हो । मुलुकभित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र […]
काठमाडौँ, ३० असोज : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यावधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गरेको छ । सो उपसमितिका संयोजक देवेन्द्र पौडेलको आग्रहमा समितिका सभापति भानुभक्त जोशीले समय थप्न आजको बैठकमा राख्नुभएको […]
चितवन, ३० असोज : चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन हुनुभएको छ । सोमबार अबेर सम्पन्न अविधेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे रहनुभएको छ । अधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा […]
काभ्रेपलाञ्चोक, ३० असोज : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरले जनाएको छ । नगरले लम्पीस्किन पीडितलाई राहत वितरणको मापदण्ड तयार गरी दुई वटासम्म पशुचौपाया मरेका किसानलाई राहत दिएको हो […]
काठमाडौँ, ३० असोज : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का […]