योजना छनोट ऐन बनाइँदै

सुर्खेत, कात्तिक ७ गते : कर्णाली प्रदेश सरकारले योजना छनोट ऐन निर्माण गर्न लागेको छ । प्रदेश सरकारको योजना छनोट प्रणालीलाई व्यवस्थित गर्न ऐन निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर योजना छनोटसम्बन्धी ऐन निर्माण गर्ने जनाइएको छ । नीति, कार्यक्रम र बजेट निर्माण क्षमता र आवश्यकताभन्दा पनि कार्यकर्ता लक्षित वितरणमुखी र स्वार्थ […]

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ, कात्तिक ७ गते : सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सय दिनको उपलब्धि सार्वजनिक गर्नु अघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीबारे […]

बिरामीको सहारा बन्दै प्राकृतिक चिकित्सालय

बुटवल, कात्तिक ७ गते : जति औषधी गरे पनि निको नहुने दीर्घरोगीका लागि रुपन्देहीको सैनामैना नगरपालिका–१, चारपालामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सहारा बन्दै गएको छ । विसं २०६८ मा स्थापना भएको प्राकृतिक चिकित्सा केन्द्रमा पञ्चतत्व हावा, पानी, माटो, जल र आकाशको माध्यमबाट उपचार गरिन्छ । त्यसै गरी यहाँ जल चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आन्द्रा सफा गर्ने […]

बकैयामै दस करोडभन्दा बढीको सडक संरचनामा क्षति

हेटौँडा, कात्तिक ७ गते : गत असोजको दोस्रो साता आएको बाढीपहिरोका कारण अति प्रभावित मकवानपुरको बकैया गाउँपालिकाले बागमती प्रदेश सरकारलाई सडकलगायतका पूर्वाधार पुनर्निर्माणका लागि ध्यानाकर्षण गराएको छ । बाढीपहिरोबाट यस जिल्लामा सबैभन्दा बढी क्षति भएको पालिकामध्येको एक बकैया गाउँपालिकाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई बाढीपहिरोले पालिकाभित्रका भौतिक संरचनामा पु-याएको […]

प्लास्टिकजन्य फूलमाला प्रयोगमा प्रतिबन्ध

तौलिहवा (कपिलवस्तु), कात्तिक ७ गते : प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न कपिलवस्तुको शिवराज नगरपालिकाले आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको हो । प्लास्टिकजन्य फूलमालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने, स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठुलो धनराशि बाहिरिने भएकाले […]

पोखरा-बेनी सडकखण्डमा यात्रुमाथि लुट, प्रशासन मौन

म्याग्दी,  कात्तिक ७ गते : पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले रु छ हजार भाडा मागेको मागेको गुनासो गर्नुभयो । “काउन्टरमा पालो कुरेर बस्ने ट्याक्सीले तोकिएभन्दा बढी […]

२०८१ कार्तिक ०७ गते – 23, Oct, 2024, बुधबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ […]

कोपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पौडेलले गर्ने

काठमाडौँ —जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफ सीसीसी) का पक्षराष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । जलवायुसम्बन्धी शिखर सम्मेलन यस पटक अजरबैजानको राजधानी बाकुमा नोभेम्बर ११ देखि २२ (कात्तिक २६ देखि मंसिर ७) सम्म हुँदै छ । उक्त भ्रमणको विषयमा राष्ट्रपति कार्यालय, वन तथा वातावरण मन्त्रालय र परराष्ट्र […]

मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

पर्सा, कात्तिक ६ गते : मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।  मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो । उद्धारकार्य भने […]

निर्माणका एक सय दिन

काठमाडौँ, कात्तिक  ६ गते  : सहरी विकास मन्त्रालयले वर्तमान सरकार गठन भएको एक सय दिनमा ४० वटा झोलुङ्गे पुल र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा १० वटा निर्माणाधीन छन् । असोजमा आएको बाढीपहिरोका कारण लक्ष्य अनुसार बाँकी १० वटा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल