पहिरो पीडितलाई कम्बल र ज्याकेट सहयोग

सिन्धुपाल्चोक, कातिक १६ गते : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई कम्बल र २२ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ । फि्युचर अफ होप नामक संस्थाको सहयोगमा पत्रकार तथा सामाजिक अभियन्ता निरोज तोलांगेको पहलमा पहिरो पीडितलाई सिरक र ज्याकेट वितरण गरिएको हो । उहाँहरू बस्दैआएको कुनेगाउँमै पुगेर सो संस्थाकी संस्थापक अध्यक्ष अनिला […]

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही

गलकोट (बागलुङ), कात्तिक १६ गते : दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर्माण कम्पनीको लापरबाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न  चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो […]

गुल्मीमा घट्यो फूल उत्पादन गर्ने क्षेत्रफल

तम्घास, कात्तिक १६ गते : गुल्मीमा ५० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूल खेती भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गत वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले पनि गत वर्ष कृषकहरूले एक सय रोपनीमा गर्दै आएको फूल खेती घटाएर पचास रोपनी क्षेत्रफलमा गर्दै आएको ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले बताउनुभयो । जिल्लामा […]

नेपालले इङ्ल्याण्डलाई छ विकेटले हरायो

काठमाडौँ, कात्तिक १६ गते : नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा शुक्रबार भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिनुभयो । उहाँले १२ बलमा चार चौका र […]

लक्ष्मीपूजाको दिन विद्युतको माग उच्च, २५३ मेगावाट भारत निर्यात

काठमाडौँ, कात्तिक १६ गते : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६.२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यस वर्ष लक्ष्मीपूजाको […]

पहाडे गाईपालन गर्ने किसानलाई मासिक एक हजार

स्याङ्जा, कात्तिक १५ गते : अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ । पहाडे गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालन गर्दै आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रोत्साहन रकम दिन लागेको हो । सांस्कृतिक एवं धार्मिक महत्व बोकेकोे राष्ट्रिय जनावर गाई पालन गर्नेको सङ्ख्या घटिरहँदा […]

भारतीय फूल आयात हुँदा नेपाली व्यवसायी मर्कामा

खजुरा, कात्तिक १५ गते : नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका हुन् । सिमापारीबाट आउने अवैध फूलमालाहरु स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले गुनासो गरेका छन् । भारतबाट बिनाचेकजाँच, बिना भन्सार र बिना […]

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, कात्तिक १५ गते :सुनको मूल्य हालसम्मकै महँगाे भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु. दुई हजार दुई सयले वृद्धि भई […]

साफ फुटबलका खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, कात्तिक १५ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान […]

राहत नपाउँदा पशुपालक कृषक मर्कामा

कुस्मा (पर्वत), कात्तिक १४ गते : पर्वतका पशुपालक कृषकले पशुधन क्षतिको राहत समयमा पाउन नसक्दा आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । जिल्लामा बर्सेनि वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति हुँदै आएको छ । जिल्ला वन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर विकका अनुसार गत वर्ष वन्यजन्तु खास गरी चितुवाको आक्रमणबाट भेडाबाख्रा, गाईगोरुसहित मारिनेको सङ्ख्या ९२ वटा रहेको थियो । सो पशुधन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल