alliance khabar

मंगलबार, माघ ०१, २०८१

गौर, माघ १ गते : भन्सार छलीका सामानसहित प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बागमती नदी किनारबाट दुई जनालाई पक्राउ गरेका छन् । प्रहरी चौकी वडहर्वाबाट खटेको गस्ती टोलीले बागमती नदी किनारस्थित भारतिय नम्बरको बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भन्सार छलीका एक लाख ३९हजारको सामानसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ५ बस्ने किशारी चौधरी कलवार र सुरेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरुबाट अवैध रुपले भन्सार छलीका ३९ हजार मूल्य बराबरको लत्ताकपडा तथा एक लाख मूल्य बराबरको दुई वटा मोटरसाइकल एक लाख ३९ हजार मूल्य बराबरको मालसमान सहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताउनुभयो ।

भन्सार छलीका सरसमान, मोटरसाईकल सहित दुवै जना व्यक्तिलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहट लगिएकाे उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल