हेटौँडा, जेठ २२ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्न आग्रह गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा बिहीबार शुभकामना दिनुहुँदै जैविक विविधतामा सङ्कट निम्त्याएको प्लाष्टिक लगायतको प्रदूषणबाट गम्भीर वातावरणीय परिणाम कम गर्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो । ‘पृथ्वी हाम्रो साझा घर’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘कुनै पनि देश वा क्षेत्रको […]
सिड्नी, जेठ २२ गते । अस्ट्रेलियाका वैज्ञानिकहरूले भवन निर्माण र भत्काउने क्रममा निस्कने फोहोर लागेका काठ छुट्याउन सक्ने नयाँ प्रविधि विकास गरेका छन् । यो प्रविधिले काठमा रङ, तेल, फलाम, सिमेन्ट जस्ता वस्तु लागेको भए पनि ९१ प्रतिशतसम्म शुद्धताका साथ छुट्याउन सक्छ । मोनाश विश्वविद्यालय र अस्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा तयार पारेको […]
काठमाडौँ, जेठ २२ गते । आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन पुर्याउने महत्वाकाङ्क्षी लक्ष्यसहितको विद्युत् विकास मार्गचित्र निर्माण गरिए पनि लगानीका सन्दर्भमा भने प्रस्ट कार्ययोजना बन्न सकेको छैन । लक्ष्य अनुसार परियोजना सम्पन्न गर्न ६३ खर्ब ४७ अर्ब रुपियाँ लगानी हुने मार्गचित्र बनाइए पनि सो लगानी सुनिश्चित हुने आधार देखिन सकेको छैन । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने […]
बैतडी, जेठ २१ गते । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड […]
जनकपुर, जेठ २१ गते । विपक्षी दलको अवरोध र विरोधका कारण मधेस प्रदेशसभा बैठक आज सुरु हुनासाथ स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो । प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ […]
काठमाडौँ, जेठ २१ गते । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिनुभएको हो । “जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को […]
काभ्रेपलाञ्चोक, जेठ २१ गते । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त यहाँको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजना जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । आज एक कार्यक्रमबीच नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र नगरप्रमुख अशोक ब्याञ्जुले संयुक्त रूपमा पनौती–१२ स्थित मुहान क्षेत्रमा शिलान्यास गर्नुभयो । मुहान क्षेत्रमा क्षति पुगेको आयोजना रू तीन […]
बेङ्गलुरु, जेठ २१ गते । बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भीड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले […]
भालुखोला (मकवानपुर), जेठ २१ गते । बागमती प्रदेशमा प्राकृतिक तथा मानव सिर्जित विपत्को जोखिम पछिल्लो समय बढ्दै गएको भन्दै यसको नियन्त्रणमा जोड दिइएको छ । विपत्को पूर्वतयारी र विपत्पछिको उद्धार राहतलगायतका सवालमा छलफल गरिएको छ । मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलामा सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) ले आयोजना गरेको ‘हेलो सांसद’ सार्वजनिक सुनुवाइमा वक्ताले विपत् नियन्त्रणमा तिनै तहका […]