मुस्ताङको इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित करिब पाँच सय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल । यो गुम्बामा बौद्ध धर्म मान्ने धर्मावलम्बीहरुले विशेष पूजाआजा गर्ने गर्छन् ।

ढाकामा शेख हसिनाको मुद्दा फैसलाअघि देशभर तनाब

ढाका, कात्तिक ३० गते । बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । यो मुद्दा सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा मानवता विरुद्धका कथित अपराधसँग सम्बन्धित छ । हसिनाले भने आफूमाथि लागेको सम्पूर्ण आरोप अस्वीकार गरिरहनुभएको छ […]

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा.केशरबहादुर ढकाल नियुक्त

काठमाडौँ, कात्तिक ३० गते । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा.केशरबहादुर ढकाल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहनुभएका डा.ढकाल विभागको महानिर्देशकमा नियुक्त हुनुभएको हो । यसअघि, विभागका महानिर्देशक डा.टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिनुभएको थियो । डा.बाराकोटीको […]

नेपाल ट्रष्ट जग्गा प्रकरण : पूर्व सचिव कार्की पक्राउ

काठमाडौँ, कात्तिक ३०  गते ।   नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुराएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक […]

पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु

काठमाडौँ, कात्तिक २९ गते। विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ। बाला चतुतर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ। दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट मङ्सिर २ गते मङ्गलबार रातभर दीप प्रज्वलन गरी […]

विकल्प पनि बनेनन् दुई अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ, कात्तिक ३० गते । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका जहाजले काठमाडौँको विकल्पमा देशभित्रकै दुई विमानस्थललाई प्रयोग गर्न नरुचाउँदा जहाज देशबाहिर डाइभर्ट हुने क्रम रोकिएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाजले वैकल्पिक विमानस्थलका रूपमा सबैभन्दा नजिकको विमानस्थललाई पहिलो प्राथमिकता दिनुपर्ने हो । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने कुनै पनि हवाई कम्पनीले भैरहवास्थित […]

रासायनिक मलको मूल्य समायोजन गर्ने तयारी

काठमाडौँ, कात्तिक ३० गते ।  सरकारले रासायनिक मलको मूल्य समायोजन गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दै गएपछि लागत मूल्य महँगो पर्न थालेपछि स्थानीय बजारमा समेत मूल्य समायोजन गर्ने तयारी गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले रासायनिक मलको मूल्य समायोजन […]

छैठौं राष्ट्रपतिको उपाधी न्यू वेष्ट प्वाइन्टले जित्यो

म्याग्दी, कात्तिक ३० गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न प्रतियोगितामा न्यू वेष्ट पोइन्टले २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक जित्दै उपाधी हात पारेको हो । प्रकाश माध्यमिक […]

मानवसेवा आश्रमलाई महायज्ञबाट नौ करोड ७० लाख सङ्कलन

बागलुङ, कात्तिक ३० गते ।  अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा नौ करोड ७० लाख सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख सङ्कलन भएको हो । महायज्ञको छैठौं दिन बिहीबार सबैभन्दा धेरै एक करोड ६५ लाख सङ्कलन भएको थियो । मानवसेवा आश्रम बागलुङमा १० करोड रुपियाँको अक्षयकोष […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, कात्तिक ३० गते ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ५३ पैसा र बिक्रीदर १६५ रुपियाँ २२ पैसा, युके पाउण्ड […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल