alliance khabar

मंगलबार, माघ २०, २०८२

काठमाडौँ, माघ २० गते ।

 नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ ।  भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई सामान्य अभाव रहेकामा बरौनीबाट आइतबारदेखि नै ग्यास ढुवानी हुन थालेकाले अभाव नहुने निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यासको आयात नियमित भइसकेकाले अभाव नहुने जानकारी दिनुभयो । उहाँले सोमबार मात्र बरौनी रिफाइनरी केन्द्रबाट ५० बुलेट लोड भएर हिँडिसकेकाले पनि तत्काल ग्यासको समस्या सामाधान हुने उहाँले जानकारी दिनुभयो ।

सामान्य अवस्थामा बजारमा दैनिक ७० देखि ७५ बुलेट ग्यास खपत हुने गर्छ । बरौनी रिफाइनरीबाट तीन दिनमा नेपाल ग्यास आयात हुने गर्छ । एक साता बरौनी रिफाइनरी मर्मत भई बन्द हुँदा ग्यासको आयात कम हुँदा बजारमा सामान्य अभाव भएको निगमले जनाएको छ ।

पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आयात हुन एक हप्ता लाग्ने गर्छ । आसन्न निर्वाचनलाई ध्यानमा राखेर फेब्रुअरीका लागि साबिकको परिणाममा थप दुई हजार मेट्रिक टन गरी इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न पत्राचार गरेकाले ग्यासको अभाव नहुने निगमले जनाएको छ । ग्यास अभाव नहुने हुँदा आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ । निगमले उद्योगीलाई मासिक ४९ हजार पाँच सय मेट्रिक टन उपलब्ध गराउँदै आएकामा गत नोभेम्बरमा ४७ हजार २६४ मेट्रिक टन, डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन र जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन आयात भएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले जाडो मौसममा १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने भएकाले माग अनुसार आयात नहुँदा सामान्य अभाव भएको जानकारी दिनुभयो ।

नेपालमा ग्यास ढुवानी गर्दै आएका इन्डियन नम्बरका ग्यास बुलेटले नेपालमा भाडा कम भएको भन्दै नेपाल छोडर भारतमा ग्यास बोक्न थालेकाले पनि बजारमा अभाव भएको घिमिरेले जानकारी दिनुभयो । सात सय बुलेटले ग्यास नेपालमा ग्यास ढुवानी गर्दै आएकोमा हाल २५ प्रतिशतले बोक्न छाडेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल