alliance khabar

सोमबार, माघ १९, २०८२

भारदह(सप्तरी), माघ १९ गते ।

 नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरीले मुलुक स सङ्कटग्रस्त अवस्थामा भएकाले देशलाई निकास दिन कांग्रेसको आवश्यकता रहेको बताउनुभएको छ ।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कांग्रेस बोदेबरसाईन नगरपालिकाको नगरस्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपालको इतिहासमै सङ्कट आएको बेला त्यसको समाधान गर्ने पार्टीको रूपमा नेपाली कांग्रेस उभिदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘जेनजीको माग, मुद्दा र चाहना अनुसार नेपाली कांग्रेस बदलिएकाले अब देश बदल्ने जिम्मा कांग्रेसको हो । केही दिन अघि मात्र कांग्रेसको सम्पन्न भएको महाधिवेशनले युवालाई नेतृत्व दिएर नयाँ सुरूवात गरेको छ ।’’

कार्यक्रममा जसपा र एमाले पार्टी परित्याग गरी करिब तीन दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई पूर्वमन्त्री चौधरी र नगर सभापति इन्जिनियर दिपेन्द्र यादवले पार्टीमा स्वागत गरेका गर्नुभएको थियोे ।

कार्यक्रममा आफ्नो कार्यकालमा यस क्षेत्रमा सडक पूर्वाधारतर्फ कल्याणपुर गाईघाट सडक, कल्याणपुर फुलबारीया बनौली सडक, कदमहा प्रमाणपुर, पटेर्वा सडक तथा कुसहा बेल्ही सडक निर्माणका लागि रकम विनियोजन भई केही सडक निर्माण कार्य अन्तिम चरणमा रेहेको कुसहा बेल्ही सडकको काम तीव्र रूपमा भइरहेको उहाँले कार्यक्रममा सहभागी स्थानीयहरूलाई जानकारी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल