alliance khabar

मंगलबार, माघ २०, २०८२

पश्चिम नवलपरासी, माघ २० गते ।

प्रकृतिको मृगौलाको रुपमा लिइने सिमसार क्षेत्र नासिँदै गएको बेला पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सिमसार क्षेत्र संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले विगत केही वर्षदेखि वडा नम्बर १० स्थित बाउन्न घोला क्षेत्रमा रहेको सिमसारलाई संरक्षण गरेर पर्यटकीय स्थलको रुपमा विकास गरेको छ । सिमसार क्षेत्रमा पोखरी निर्माण गरी थप व्यवस्थित गरिएको छ भने पर्यटक मैत्री पूर्वाधार समेत निर्माण गरिएको छ ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले जैविक विविधता संरक्षण र पर्यापर्यटनको विकास गर्ने योजना बनाएर सिमसारको संरक्षण र प्रवर्धन गर्दै आएको बताउनुभयो । सिमसारको बिचमा पुल निर्माण, तारबार लगायत पर्यटन प्रवर्धनका पूर्वाधारको निर्माण भएको बताउँदै उहाँले सङ्घीय सरकारबाट समेत बजेट विनियोजन भए पनि अहिले रोकिएको बताउनुभयो । ‘‘तीन करोड बजेट बिनियोजन भएको थियो, उक्त बजेट कार्यान्वयन हुन पाएको भए धेरै काम हुन्थ्यो,’’ श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाले बर्दघाट नगरपालिकाको वडा नम्बर पाँचमा रहेको सयपत्री सामुदायिक वन क्षेत्रमा पनि सिमसार संरक्षणको योजना बनाएको छ । अहिले उक्त क्षेत्रको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले समेत १० लाख बजेट विनियोजन गरेको छ ।

अहिले सिमसार क्षेत्रमा दैनिक घुम्न जाने, फोटो खिच्ने, टिकटक बनाउने र शान्त वातावरणमा घुमफिर गर्नेको भिड लाग्ने गरेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दघाटको भुताहा चोकबाट उत्तर तर्फ दाउन्ने सडकको वैकल्पिक मार्गको रुपमा रहेको भुताहा संसारकोट दुम्कीबास सडक खण्डमा पर्ने भएकाले पनि सो सडक खण्ड हुँदै यात्रा गर्ने यात्रुहरू समेत सिमसारमा ओर्लिएर फोटो भिडियो खिच्ने गरेका छन् ।

पूर्व नगर प्रमुख धिरज शर्मा बस्यालको कार्यकाल देखिनै नगरको गौरवको योजनाको रुपमा उक्त सिमसार संरक्षणको काम सुरु भएको थियो । त्यतिबेला बहुवर्षीय योजनाको रुपमा प्राकृतिक ढाप लाई संरक्षण गरेर पोखरी निर्माण गर्ने र भूमिगत पानीको रिचार्जको रुपमा प्रयोग गर्ने योजना बनाइएको थियो ।

जनसङ्ख्या वृद्धि, प्राकृतिक जलस्रोतमाथिको दोहन लगायतका कारणले सिमसार क्षेत्रको अस्तित्व सङ्कटमा परेको बेला बर्दघाट नगरपालिकाले गर्दे आएको सिमसार संरक्षण प्रशंसनीय भएको सरोकारवालाहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल