एनपिएल : काठमान्डुमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौँ, मङ्सिर ३ गते ।  साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो । जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो । […]

स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड फिफा विश्वकपमा छनोट

काठमाडौँ, मङ्सिर ३ गते ।  स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत मङ्गलबार राति भएको खेलमा स्पेनले टर्कीसँग २–२ गोलको बराबरी खेल्दै विश्वकपमा स्थान बनाएको हो । जितसँगै समूह समूह ‘इ’ रहेको स्पेन ६ खेलबाट १६ अङ्क जोड्दै शीर्षस्थानमा रह्यो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली स्पेनका लागि ड्यानी ओल्मो […]

एनपिएलः पोखरालाई ५३ रनले हराउँदै विराटनगरको सानदार सुरुवात

काठमाडौँ, मङ्सिर २ गते। एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार  भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ ले हरायो। जितका लागि विराटनगरले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा १८ ओभर ५ बलमा सबै […]

‘पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ’

काठमाडौँ,  मङ्सिर २ गते । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त […]

एनपीएल क्रिकेट : चारटोली मैदानमा

काठमाडौँ, मङ्सिर २ गते । दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा समङ्गलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका […]

नेपाल पहिलो पटक एसियन डजबल च्याम्पियनसिप खेल्दै

काठमाडौँ, मङ्सिर १ गते । नेपालले पहिलो पटक एसिएन डजबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । मङ्सिर ४ देखि ७ गतेसम्म मलेसियामा आयोजना हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलबार मलेसिया प्रस्थान गर्दैछ । नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । […]

एनपिएल : काठमान्डुको विजयी सुरुवात, जनकपुर ५ विकेटले पराजित

काठमाडौँ, मङ्सिर १  गते ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाउनुभयो भने आकाश […]

आजबाट दोस्रो एनपिएल

दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ ।  यस पटक कुल ३२ खेल हुने छन् । हरेक खेलमा नौ हजार पाँच सय टिकट बिक्री गरिने छ । त्रिवि रङ्गशालाको दर्शक क्षमता भने १३ हजार रहेको बताइएको छ ।  काठमाडौँ, मङ्सिर १ गते । विश्वमा फ्रेन्चाई क्रिकेट […]

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

धम्बोझी, कात्तिक २८ गते । सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रङ्गशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९औं र ३९औं मिनेटमा […]

‘ए’ डिभिजन लिग चैतमा गर्ने सहमति

काठमाडौँ, कात्तिक २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनमा मङ्गलबार एन्फा पदाधिकारी, ‘ए’ डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी सङ्घबिच भएको बैठकपछि सहिद स्मारक लिग यसै वर्ष सुरु गर्न तयारी गर्ने सहमति भएको हो । जस अनुसार […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल