नेपालगन्ज, पुस ५ गते । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर यहाँबाट संघीय राजधानी र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने उडान प्रभावित बनेका छन् । शुक्रबार बिहानदेखि लागेको बाक्लो कुहिरो र हुस्सुसँगै शीत लहर […]
काठमाडौँ, पुस ५ गते । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गर्नुभएको छ । नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभामा आज यहाँ उहाँले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताउनुभयो । सहसंयोजक नेपालले भन्नुभयो, “हामीले […]
ललितपुर, पुस ५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका भइरहेको बताउनुभएको छ। द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा आज ललितपुरमा भएको ‘स्टार्टअप समिट २०२५’ मा उहाँले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको […]
काठमाडौँ, पुस ५ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाइ दिनुभएको छ । एमालेका पूर्वउपाध्यक्षसमेत रहनुभएका भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गर्नुभएको छ । […]
काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनु भएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत […]
काठमाडौँ, पुस ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको […]
काठमाडौँ, पुस ४ गते । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यसहित नेपाल पुलिस क्लब एपिएफ शनिबार मैदानमा उत्रँदैछ । नेपाली लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लबबीच शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यस क्षेत्रको महिला फुटबल विकास गर्ने उद्देश्यअनुसार […]
जनकपुरधाम, पुस ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उपस्थित ९२ जना प्रदेशसभा सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै १० वटा राजनीतिक दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् । आजको बैठकमा […]
रुपन्देही, पुस ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा हुनुभएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। आदेशअनुसार उहाँलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो। रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै […]
बैतडी, पुस ४ गते । सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् । यीमध्ये चार हजार ३४४ जना महिलासमेत रहेका छन् । विदेश […]