गुल्मी, वैशाख २ गते। गुल्मीमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि ३४ जना गणक र पाँच जना सुपरिवेक्षक खटिएका छन्। बुधबारदेखि देशव्यापी रुपमा सुरु भएको दोस्रो राष्ट्रिय आर्थिक गणना अभियानमा यस जिल्लामा सो संख्यामा गणक र सुपरिवेक्षक खटिएका हुन्। आगामी असार सात गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि यहाँका दुई नगरपालिका र दस गाउँपालिका गरी […]
काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत […]
रानी (विराटनगर), वैशाख २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिरुवा पर्व (जुड़शीतल) को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । तराई क्षेत्रमा बसोबास गर्ने थारू र मैथिली समुदायले मनाउने यस पर्वले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक एकताको सन्देश दिने उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले जारी गर्नुभएको शुभकामना सन्देशमा सिरुवा पर्व […]
रौतहट, वैशाख २ गते । रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेला क्षेत्रका महिला किसान सुर्ती खेतीतर्फ आकर्षित भएका छन् । घरका पुरुष सदस्यको सानो सहयोग, स्थिर बजार र राम्रो आम्दानी हुने भएकाले यहाँका मध्यमवर्गीय महिला किसान सुर्ती खेतीतर्फ आकर्षित भएका हुन् । केही वर्षअघिसम्म घरका पुरुष सदस्यहरू मुख्य रूपमा खेतीपातीमा सक्रिय रहे पनि पछिल्लो समय अतिरिक्त आम्दानीका […]
काठमाडौँ, वैशाख २ गते । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई […]
बाँके, वैशाख १ गते । विक्रम संवतको पहिलो दिन वैशाख १ गते नेपालगञ्जमा नेपाली राष्ट्रिय झण्डा महोत्सव गरी राष्ट्रिय झण्डा दिवस मनाइएको छ। नेपालगञ्जको बीपी चोकमा भेला भएका अगुवा तथा स्थानीय बासिन्दाले ११औँ राष्ट्रिय झण्डा दिवसको अवसरमा झण्डा महोत्सव मनाएका हुन्। राष्ट्रिय झण्डासहित उपस्थित सहभागीहरूले वैशाख १ गते नेपालीका लागि उत्सवको दिन भएको बताएका छन्। […]
बन्दीपुर, वैशाख १ गते । नयाँ वर्ष २०८३ को पहिलो दिन मङ्गलबार तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको छ । बढ्दो गर्मी छल्न र नयाँ वर्षको अवसरमा प्रकृतिसँग रमाउन विभिन्न स्थानबाट पर्यटकको ओइरो लागेपछि बन्दीपुरमा चहलपहल ह्वात्तै बढेको छ । नयाँ वर्षको आगमनसँगै बन्दीपुरका सबै होटल तथा रिसोर्टहरू पर्यटकले खचाखच […]
काठमाडौँ, वैशाख १ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता र […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा […]
म्याग्दी, चैत ३० गते । बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन् । पाँच वर्षको प्रयासपछि केन्द्र […]