alliance khabar

बुधबार, बैशाख ०२, २०८३

गुल्मी, वैशाख २ गते।

 गुल्मीमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि ३४ जना गणक र पाँच जना सुपरिवेक्षक खटिएका छन्। बुधबारदेखि देशव्यापी रुपमा सुरु भएको दोस्रो राष्ट्रिय आर्थिक गणना अभियानमा यस जिल्लामा सो संख्यामा गणक र सुपरिवेक्षक खटिएका हुन्।

आगामी असार सात गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि यहाँका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा पुगेर गणक र सुपरिवेक्षकहरुले स्थलगत तथ्याङ्क सङ्कलन गर्ने जिल्ला आर्थिक गणना अधिकारी गीता भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार व्यवसायिक प्रतिष्ठानको विवरण संकलन गरिनेछ। स्थलगत गणनाका लागि जनशक्ति परिचालित भइसकेको छ। ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित राष्ट्रिय आर्थिक गणना २०८२ आजदेखि सञ्चालन भएको हो।

आर्थिक गतिविधिको वास्तविक अवस्था, स्वरुप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्नका लागि आर्थिक गणना सञ्चालन गरिएको उहाँले बताउनुभयो। गणनाबाट प्राप्त तथ्याङ्कले समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै योजना निर्माणसँगै आधारभूत आर्थिक तथ्याङ्कको अभिलेखीकरण, उद्योग व्यवसायमैत्री नीति निर्माण, अर्थतन्त्रको सुदृढीकरण तथा नयाँ लगानीकर्ताको विवरण सङ्कलनमा सहयोग पुग्ने बताइएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो पटक आर्थिक गणना सुरु गरेको हो। पहिलो आर्थिक गणना २०७५ मा गरिएको थियो। सम्पूर्ण उद्योग र व्यवसायको विवरण प्राप्त गर्न आधुनिक प्रयोग स्वरुप आर्थिक तथ्याङ्क लिनका लागि राष्ट्रिय आर्थिक गणना २०८२ गर्न लागिएको हो। यसमा नेपालस्तरीय औद्योगिक वर्गीकरणका २१ वटा खण्डमध्ये १८ वटा खण्डका आर्थिक क्रियाकलापलाई समेटिने छ। जसमध्ये खण्ड ए अन्तर्गत कृषि, वन तथा मत्स्यपालनअन्तर्गत दर्ता भएका मात्र प्रतिष्ठानलाई समेटिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल