पश्चिम नवलपरासी, पैशाख ३ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले भूमिहीन किसानहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यका साथ “करार खेती सहयोग कार्यक्रम’’ कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले नगर क्षेत्र भित्र स्थायी रूपमा बसोबास गर्ने, तर आफ्नो स्वामित्वमा कृषियोग्य जमिन नभएका वास्तविक भूमिहीन किसानहरूलाई लक्षित गरी यो योजना ल्याएको हो । कार्यक्रमअन्तर्गत किसानले अरूको जग्गा भाडामा […]
कञ्चनपुर, वैशाख ३ गते । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तीन दिनभित्र सम्पूर्ण सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ। बुधबार सूचना जारी गर्दै प्रशासनले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथामका लागि यशी वैशाख ५ गतेभित्र क्यामेरा जडान गर्न आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सरकारको गत […]
तनहुँ, वैशाख ३ गते । व्यास नगरपालिका–१० मा सञ्चालित ‘वैरेनी जग्गा एकीकरण आयोजना’ को काम अन्तिम चरणमा पुगेको छ । यसअघि नै पूर्वाधार निर्माणको काम तीव्रताका साथ अघि बढिरहेकोमा, थप व्यवस्थापकीय सहजताका लागि बिहीबार आयोजित एक कार्यक्रमबिच आयोजनाको कार्यान्वयन इकाई कार्यालय उद्घाटन गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले कार्यालयको उद्घाटन गर्दै अव्यवस्थित भू–उपयोगलाई वैज्ञानिक […]
काठमाडौँ, वैशाख ३ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताप्रति हामीले दिने सेवा नै धर्म भएकोे बताउनुहुँदै सकारात्म सोच र उच्च मनोवलकासाथ सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ । वैशाख २ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटार चितवनको २२औँ स्थापना दिवसको अवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी […]
सिरहा, वैशाख ३ गते । बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो । आकाशे पानीको भरमा खेती गर्ने उहाँ कहिले अतिवृष्टि त कहिले अनावृष्टिको मारमा पर्नुहुन्थ्यो, अचेल भने मण्डलको त्यो चिन्ता हटेर गएको छ । उहाँले […]
काठमाडौँ, वैशाख ३ गते । हरेक स्तर र प्रकृतिका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अर्थतन्त्रमा योगदान मापन गर्ने उद्देश्यसहित बुधबारदेखि देशैभर आर्थिक गणना सुरु भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले असार ७ गतेभित्र स्थलगत तथ्याङ्क सम्पन्न गर्ने गरी बुधबारदेखि देशैभर गणक खटाएको हो । यसका लागि देशैभर ८४ वटा कार्यालय सञ्चालन गरी काम सुरु गरिएको कार्यालयका […]
काठमाडौं, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उहाँले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूलाई भन्नुभयो, “तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका […]
काठमाडौँ, वैशाख २ गते । काठमाडौँ महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर रात्रिकालीन बस सेवा पुनः सञ्चालनमा ल्याएको छ । यसअघि पटक पटक सञ्चालन र बन्द हुँदै आएको रात्रिकालीन बस सेवा मङ्गलबार बेलुका ८ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले साझा यातायातको सहकार्यमा सुरुमा उपत्यकाको केही ‘रुट’ मा रात्रिकालीन बस सेवा सुरु […]
ताप्लेजुङ, वैशाख २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका मुख्य चौक तथा बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) जडान गरिएको छ । अपराधजन्य घटनासहितका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले गाउँपालिकाले पालिकाभित्रका मुख्य बजार क्षेत्र सीसी टिभी जडान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार चोरी, डकैतीसहितका अपराधजन्य घटना नियन्त्रण गर्न साथै नागरिकलाई सुरक्षाको […]
पश्चिम नवलपरासी, वैशाख २ गते । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा सुविधा सम्पन्न नयाँ भवनबाट सुरु भएको छ । भाडाको भवनबाट सेवा प्रवाह गर्दे आएको जिल्ला प्रशासन कार्यालयको भवन निर्माण सम्पन्न भएपछि बुधबारबाट सबै सेवा नयाँ प्रशासनिक भवनबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । कार्यालय व्यवस्थापनका समान्य काम बाँकी भएपनि […]