alliance khabar

मंगलबार, बैशाख ०१, २०८३

बाँके, वैशाख १ गते ।

विक्रम संवतको पहिलो दिन वैशाख १ गते नेपालगञ्जमा नेपाली राष्ट्रिय झण्डा महोत्सव गरी राष्ट्रिय झण्डा दिवस मनाइएको छ। नेपालगञ्जको बीपी चोकमा भेला भएका अगुवा तथा स्थानीय बासिन्दाले ११औँ राष्ट्रिय झण्डा दिवसको अवसरमा झण्डा महोत्सव मनाएका हुन्।

राष्ट्रिय झण्डासहित उपस्थित सहभागीहरूले वैशाख १ गते नेपालीका लागि उत्सवको दिन भएको बताएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाकी पूर्व उपप्रमुख उमा थापा मगरले विक्रम संवत नेपालको मौलिक पहिचान भएको भन्दै यसै दिन झण्डा दिवस मनाउनु गौरवको विषय भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “राष्ट्रिय झण्डा दिवसमा स्वतःस्फूर्त रूपमा नागरिक सडकमा आएर उत्सव मनाउनु आफैँमा गौरवको विषय हो।”
बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा उक्त दिवस मनाइएको हो। नेपालगञ्जमा हरेक वर्ष राष्ट्रिय झण्डा दिवस मनाउने गरिएको छ।

अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले राष्ट्रिय झण्डाले हरेक नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले नेपाली नयाँ वर्षको पहिलो दिन देशको ध्वजाको सम्मानमा यो महोत्सव मनाउन थालिएको बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल