दोधारा चाँदनी (कञ्चनपुर),चैत ३० गते । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने गरेकामा अहिले डेढ सय हेक्टरमा मात्रै खेती हुने […]
मस्को (रसिया), चैत ३० गते । नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरु रामजी खाँड, भूमिका गिरीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । कार्यक्रममा […]
विराटनगर, चैत ३० गते । केही दिनअघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित गर्न पाँच हजार डलर बराबर हुने भारतीय मुद्रा लिएर नेपाल आउन कुनै समस्या नरहेको सुनाउँदा व्यवसायी उत्साहित बने । उहाँले भन्नुभएको थियो, “भारतीय पर्यटकले अब ढुक्क भएर चार लाख १५ हजार भारतीय रुपियाँ अर्थात् पाँच […]
काठमाडौँ, चैत ३० गते । नयाँ वर्षलाई लक्ष्य गरी प्रदर्शन गरिएको चलचित्र ‘राम नाम सत्य’ ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको छ । वितरक गोविन्द शाहीले शुक्रबारभन्दा शनिबारको व्यापार अझ बढेको जानकारी दिनुभयो । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रको एक्सन, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग […]
काठमाडौँ, चैत ३० गते । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ । जेनजी आन्दोलनकै बलमा तत्कालीन […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीका बाबजुद नसोचेका काम बन्न सक्छन् । धैर्यपूर्वक अघि बढ्ने समय छ । छर छिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेपनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीबाट खुसी मिल्नेछ । परिवारजन तथा आफन्त बीच आत्मीयता बढ्नेछ, तर मान्यजनसँग भने केही असमझदारी हुन सक्छ । […]
बनेपा, चैत २९ गते । सरकारले सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छपाइको कामलाई तीव्रता दिएको छ । सरकारले कात्तिक २१ गतेदेखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छाप्न सुरु गरेको हो । यातायात व्यवस्था विभाग र केन्द्रबिच सम्झौता भएबमोजिम केन्द्रबाट छ महिनाभित्र १२ लाख थाम लाइसेन्स छाप्ने सम्झौताबमोजिम लाइसेन्स छपाइको कामलाई […]
जाजरकोट, चैत २९ गते । नयाँ शैक्षिक सत्र अगावै जाजरकोटका पुस्तक पसलमा किताब आइपुगेका छन् । शैक्षिक सत्र २०८३ आउन केहि दिन बाँकी रहेपनी जनक शिक्षा सामग्री केन्द्रले अनुमति पाएका व्यवसायीले खरिद जिल्लामा ल्याएका छन् । शैक्षिक सत्र सुरु हुनु अगावै पाठयपुस्तक विद्यालयम पुगेपछि विद्यार्थी अभिभावक खुसी भएका छन् । जाजरकोटका सात वटा स्थानीय तहका […]
काठमाडौँ, चैत २९ गते । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातकाे स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो। यो दिवसले […]
काठमाडौँ, चैत २९ गते । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो […]