श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौँ, वैशाख ४ गते ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी नर्सिङ स्टाफलगायत कर्मचारीका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, […]

संविधान संशोधनका लागि गहन छलफलमा कार्यदल

काठमाडौँ, वैशाख ४ गते । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न वर्तमान सरकारले गठन गरेको कार्यदलले काम सुरु गरिरहँदा संविधानविद् एवं संविधान निर्माणका क्रममा सक्रिय राजनीतिज्ञले संशोधन प्रक्रिया जटिल र कठोर रहेकाले गम्भीर चेतका साथ प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् । गठन भएको भोलिपल्टै चैत १४ गते सरकारले सयबुँदे कार्यसूची सार्वजनिक ग¥यो । सो कार्यसूचीमा दीर्घकालीन […]

मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

काभ्रेपलाञ्चोक,  वैशाख ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ । केन्द्र्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले  अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने […]

जानकीका अतिविपन्न परिवारलाई उन्नत जातका बाख्रा वितरण

नेपालगन्ज, वैशाख ४ गते ।  बाँकेको जानकी गाउँपालिकाले विपन्न परिवारलाई लक्षित गरी आयआर्जन वृद्धिका लागि उन्नत जातका बाख्रा वितरण गरेको छ । अतिविपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले स्थानीयमा नयाँ आशा र उत्साह थपेको छ । जानकी कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा जानकी गाउँपालिका–४ को […]

अक्षरधामका स्वामी मुनिवत्सलद्वारा शालग्राम सङ्ग्रहालय अवलोकन

बागलुङ, वैशाख ४ गते ।  भारतको नयाँ दिल्लीस्थित अक्षरधाम विश्वकै ठुलो हिन्दु मन्दिरमध्ये एकका रूपमा परिचित छ । सोही अक्षरधामका प्रमुख जगदगुरु स्वामी मुनिवत्सलसहित महन्तहरूले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित रङ्गवैकटेश मन्दिर र श्रीधराचार्य शालग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । स्वामिनारायण अक्षरधाम मन्दिरबाट आउनुभएका जगदगुरु स्वामी मुनिवत्सल, धर्ममुक्ति दास, त्यागनिष्ठ दास र शुद्धस्वरूप दाससहितको टोलीले बिहीबार मन्दिर […]

सडक अतिक्रमण हटाउन थालियो

बुटवल, वैशाख ४ गते ।  बुटवलमा सडक अतिक्रमण हटाउन बुटवल उपमहानगरपालिकाले डोजर लगाएको छ । पछिल्लो समय बजार क्षेत्रमा सडक पेटीमै जथाभाबी व्यापार गर्ने प्रवृत्ति बढेपछि नियन्त्रणका लागि उपमहानगरपालिकाले डोजर प्रयोग गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सडक अतिक्रमणका कारण हिँडडुल गर्नै समस्या भएको र सवारी दुर्घटनाको समेत जोखिम बढेपछि अतिक्रमण हटाउने अभियान थालिएको बताउनुभयो । […]

बाजुरामा स्याउ खेतीप्रति किसानको आकर्षण बढ्दो

बाजुरा, वैशाख ४ गते ।  बाजुराका अधिकांश किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन गरिएको स्याउ देशका ठूला सहरसम्म बिक्री हुन थालेपछि किसानको चासो बढेको हो । पहिले सडक सुविधा नहुँदा किसानहरू स्याउ खेतीतर्फ खासै आकर्षित थिएनन् । तर, अहिले सडक पहुँच विस्तार भएसँगै उत्पादन बजारसम्म पुर्‍याउन […]

नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु

जमुनाह, वैशाख ४ गते ।  नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले गर्नुभयो । उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेयले क्रिकेट पूर्वाधार विकासका लागि आवश्यक परे बजेट विनियोजन गरी एक करोड रुपियाँसम्म लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जग्गा उपलब्ध गराइएर खेलकुद तथा क्रिकेटका लागि छुट्याइएमा […]

कोल्टीमा इलाका प्रशासन कार्यालय

बाजुरा, वैशाख ३ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । जिल्लाको हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई नागरिकता तथा जग्गालगायतको विभिन्न सरकारी कामकाज गर्न सहज हुने गरेर बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।  गृह मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीद्वारा कोल्टीमा […]

तनहुँबाट एसइईको नतिजाका लागि प्राप्ताङ्क भक्तपुर पठाइयो

तनहुँ, वैशाख २ गते ।  तनहुँमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनको बाटो खुलेको छ । जिल्लाका २२ वटै परीक्षा केन्द्रमा तोकिएको समयसीमाभित्रै उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजाका लागि आवश्यक प्राप्ताङ्कहरू परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुर पठाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ