alliance khabar

बुधबार, बैशाख ०२, २०८३

ताप्लेजुङ, वैशाख २ गते ।

 ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका मुख्य चौक तथा बजार क्षेत्रमा क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) जडान गरिएको छ । अपराधजन्य घटनासहितका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले गाउँपालिकाले पालिकाभित्रका मुख्य बजार क्षेत्र सीसी टिभी जडान गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार चोरी, डकैतीसहितका अपराधजन्य घटना नियन्त्रण गर्न साथै नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन सीसी टिभी जडान गरिएको हो । त्यस्तै, अपराधिक गतिविधिको अनुसन्धानमा सहजत ल्याउन र ट्राफिक व्यवस्थापन तथा सडक नियमन गर्ने उद्देश्यलेसमेत सीसी टिभी जडान गरिएको आङ्देम्बेले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको वडा १ सिनामको पञ्चमी, वडा २ आम्बेगुदिनको खाम्दिम्बे बजार, वडा ४ तेल्लोकको बाघथला र विशाल चौकमा सीसी टिभी जडान गरिएको छ । उक्त क्षेत्रहरुमा जडान भएका सीसी टिभीको नियन्त्रण र नियमन इलाका प्रहरी कार्यालय तेल्लोकले गर्ने गाउँपालिकाले जनाएको छ ।

यता सीसी टिभी जडान भएपछि सम्बन्धित क्षेत्रका बासिन्दा तथा नागरिकले सुरक्षित रहेको महशुस गर्न थालेका गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानको भनाइ छ । अध्यक्ष चौहानका अनुसार मुख्य चौक तथा बजारहरुमा हुने अपराधजन्य गतिविधि नियन्त्रणका लागि जडान गरिएको सीसी टिभी प्रभावकारी हुनेमा गाउँपालिकाको विश्वास रहेको छ । सिरिजङ्घा गाउँपालिकाका मुख्य चौक तथा बजार क्षेत्रमा जडान गरिएको सीसी टिभी फुटेज ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल