ताप्लेजुङ, कात्तिक १७ गते । किराँत धर्मावलम्बीका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो । किरातीहरुको धार्मिक संस्था किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङले लिङ्देनको जन्मजयन्ती मनाउने भएको हो । सङ्घका जिल्ला […]
रामपुर (पाल्पा), कात्तिक १७ गते । इलाका प्रहरी कार्यालय, रामपुरले ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी ठुलो आवाज आउने साइलेन्सर राखिएका मोटरसाइकल नियन्त्रणमा लिएको हो । अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरसँगको समन्वयमा अभियान सञ्चालन गरी पछिल्लो एक हप्ताको अवधिमा सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । चर्को […]
भक्तपुर, कात्तिक १७ गते । भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । २०८२ भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर फरार भएका एक सय ६५ बन्दी नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधार गृहबाटै विद्रोह गरेर गेट फुटाएर […]
काठमाडौँ, कात्तिक १७ गते । युएईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जितेको छ । यस सिरिजको अन्तिम खेलमा अमेरिकाले सोमबार संयुक्त अरव इमिरेट्स (युएई)लाई दुई सय ४३ रनले हरायो । जितका लागि दुई सय ९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको घरेलु टोली युएई २१.१ ओभरका सबै विकेटको क्षतिमा ४९ रनमा समेटिएको थियो । […]
काठमाडौँ, कात्तिक १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दिपेन्द्र ढुङगानाले भेट गर्नुभएको छ । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा सोमबार भएको भेटमा घाइते पत्रकारहरुको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा छलफल भएको छ । नयाँ पत्रिकामा फोटो पत्रकारको रुपमा कार्यरत ढुङ्गाना जेनजी आन्दोलनका क्रममा गत भदौँ २३ गते […]
कतार (दोहा), कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताउनुभयो । यहाँस्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा नेपाली समुदायलाई सम्वोधन […]
काठमाडौं, कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटवार्तालाई तीव्र बनाउनु भएको छ । यसैक्रममा सोमबार प्रधानमन्त्री कार्कीले संघीय संसदका दुवै सदनका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्रीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको थियो भने सोमबार संघीय संसद्का पदाधिकारीसँग छलफल गर्नुभएको हो । भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष […]
काठमाडौं, कात्तिक १७ गते । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त (UCLG ASPAC) को २०२५–२०२७ कार्यकालका लागि परिषद् सदस्यमा निर्वाचित हुनुभएको छ। दक्षिण कोरियाको गोयाङ सहरमा सम्पन्न १०औँ UCLG ASPAC कांग्रेसमा सम्पन्न निर्वाचनमार्फत कार्कीले दक्षिण र दक्षिण–पश्चिम एसियाका सदस्यहरूको उच्च समर्थन प्राप्त गर्नुभएको हो। यस सफलताले कागेश्वरी मनोहराको नेतृत्वमाथि […]
सिन्धुलीमाढी, कात्तिक १७ गते । सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था (चौकी) हरूमा प्रसूति सेवा विस्तारसँगै सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको हो । गाउँमा रहेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालन सुरु भएपछि नियमित गर्भ जाँच […]
काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता […]