alliance khabar

मंगलबार, साउन ०५, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

हरेक कामधन्दा र व्यवहारमा सहजताको अनुभूति हुनेछ । जीवन साथीलाई फकाएर कुनै काम निकाल्नुपरे आज प्रयास गर्न सक्नुहुन्छ । कल्पना र भावुकतामा धेरै समय बित्न सक्छ, त्यसैले मनोरञ्जन र खेलवाडभन्दा काममा ध्यान दिनु उपयुक्त हुनेछ । अलि बढी मेहनत गरेमा मात्र सफलता प्राप्त हुने संकेत छ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । निजी वा आन्तरिक सम्बन्धलाई सार्वजनिक गर्ने समय अनुकूल देखिन्छ । घर परिवारका भावना र इच्छाको सम्मान गर्नु लाभदायक हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गल्ती वा कमजोरीलाई आधार बनाएर प्रतिद्वन्द्वीले आलोचना गर्न सक्ने भएकाले काम गर्दा विशेष सावधानी अपनाउनुहोस् । दोधारेपन, अलमल र चिड चिडापन बढ्न सक्छ । पार्टनरका व्यवहार वा कुनै विषयप्रति शंका उत्पन्न हुँदा मन अशान्त बन्ने सम्भावना छ । लेनदेन, उठ्ती वा ऋणसम्बन्धी विषयले चिन्ता बढाउन सक्छ । घर परिवारसँग सम्पर्क राखी उनीहरूको अवस्थाबारे चासो दिनु राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सन्तान वा सहयोगीको साथ पाएर व्यवस्थापनका अपूर्ण कामहरू व्यवस्थित गर्न सकिनेछ । बुद्धिमत्ता र समझदारीका कारण कमजोरी सुधार्न सफल हुनुहुनेछ । पारिवारिक वातावरण सुखद रहनेछ र दाम्पत्य सम्बन्धमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका लागि केही काम गोप्य रूपमा गर्नुपर्ने हुन सक्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ भने अझ मेहनत गर्नुहोस्, राम्रो परिणाम प्राप्त हुने संकेत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कामको चापबाट केही समय विश्राम लिएर मन ताजा बनाउनु उपयुक्त हुनेछ । आय स्रोत र प्रतिष्ठा बढाउने सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु लाभदायक हुनेछ । वरिष्ठको निर्देशनलाई बेवास्ता नगर्नुहोस् । थकान, घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्र प्रभावित हुन सक्छ । परिस्थितिले चाहेर पनि पार्टनरलाई समय दिन नसक्दा मन खिन्न बन्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा उत्साह र साहस बढ्नेछ । यात्राबाट लाभ मिल्ने सम्भावना छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुन सक्छ । काम प्रतिको समर्पणले ठूलो उपलब्धि दिलाउन सक्छ । बोली र व्यवहारका कारण सेवाग्राही प्रभावित हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ । माइती पक्षसँग भेटघाट, सम्बन्ध विस्तार तथा सहयोग आदानप्रदानको अवसर मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक लाभका दृष्टिले दिन राम्रो छ । तर वाचा पूरा गर्न नसक्दा आलोचना सहनुपर्ने हुन सक्छ, त्यसैले बोली र व्यवहारमा नम्रता अपनाउनुहोस् । शरीरमा ताजगी र स्फूर्ति बढ्नेछ । नयाँ परिकार बनाउने वा स्वाद लिने इच्छा जाग्न सक्छ । दिदीबहिनी तथा माइती पक्षसँग सम्बन्ध सुदृढ हुनेछ । गुरुजनको साथ र प्रेरणा प्राप्त हुनेछ । आफ्नो प्रतिभा र अतिरिक्त गतिविधिबाट सम्मान प्राप्त गर्न सक्नुहुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व विकास, शारीरिक सुगठन र रूप-सौन्दर्यमा ध्यान केन्द्रित हुनेछ । व्यक्तिगत प्रगतिको समाचारले मन प्रसन्न बनाउनेछ । पार्टनरबाट शुभकामना प्राप्त हुँदा थप उत्साह मिल्नेछ। प्रेमी–प्रेमिका वा पति–पत्नीबीच सामान्य मनमुटाव हुन सक्छ । टाढा हुनुहुन्छ भने फोनमार्फत संवाद गरी सम्बन्धलाई मधुर बनाउनु राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धन सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिनुपर्ने दिन हो । बाहिर निस्कँदा घरको सुरक्षा सुनिश्चित गर्नुहोस् र बहुमूल्य गरगहना नलगाउनु उचित हुनेछ । एउटै दिनचर्याबाट दिक्क लाग्न सक्छ, त्यसैले नयाँ कुरा सिक्ने र कार्यशैली परिवर्तन गर्ने इच्छा जाग्नेछ । बजेट सन्तुलित राख्नुहोस् । कुनै योजनामा लगानी गर्नुअघि त्यसका सकारात्मक र नकारात्मक पक्षको राम्रोसँग अध्ययन गर्नुहोस्, अन्यथा षड्यन्त्रमा फस्ने सम्भावना रहन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वैदेशिक यात्रा वा छात्रवृत्तिको तयारीमा हुनुहुन्छ भने अनुभवी व्यक्तिसँग परामर्श गर्नु लाभदायक हुनेछ । व्यक्तित्व विकास तथा भौतिक सुख सुविधा बढाउने नयाँ सोचको जन्म हुनेछ । लक्ष्यप्रति दृढ रहनुभयो भने सफलता प्राप्त हुनेछ । लाभदायक क्षेत्रमा गरिएको लगानीले भविष्य उज्ज्वल बनाउन सक्छ । वरिपरि विरोधी सक्रिय भए पनि मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ । अरूका कुरामा सजिलै विश्वास नगर्नुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायिक र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्न चुनौती हुन सक्छ । घरायसी कामको चाप बढ्ने भएकाले समय निकालेर जीवनसाथी वा प्रेमी प्रेमिकासँग संवाद गर्नु राम्रो हुनेछ । वरिष्ठ अधिकारीलाई खुसी बनाउन सकिनेछ । कारोबारमा लाभ, नोकरीमा प्रशंसा तथा आकस्मिक धनप्राप्तिको सम्भावना छ । आत्मविश्वास र परिश्रम गर्ने ऊर्जा बढ्नेछ । व्यापारमा लाभ भएपनि पारिवारिक सम्बन्धमा केही निरसता देखिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

छोटो यात्राले सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ । सँगै बसेर छलफल गर्ने र मनका कुरा साटासाट गर्ने अवसर मिल्नेछ । असहाय र दुःखीको सहयोग गर्दा आत्मसन्तुष्टि प्राप्त हुनेछ । घर परिवारसँग सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वाद लिनु शुभ हुनेछ । साझेदारीका कामबाट लाभ मिल्नेछ । धार्मिक तथा आध्यात्मिक चेतना बढ्नेछ । इमानदारी र नियम कानूनको पालना गर्नु हितकर हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ विषय वस्तुबारे जानकारी हासिल गर्ने अवसर मिल्नेछ । तर हतार र शीघ्र निर्णय हानिकारक बन्न सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ र खानपानमा पनि रुचि कम हुन सक्छ । आफ्ना कुरा मात्र नभई जीवनसाथी र परिवारका भावनालाई पनि बुझ्ने प्रयास गर्नुहोस् । कार्यस्थलमा कर्मचारीबीच समन्वयको कमी देखिए बैठक राखेर समस्या समाधान गर्नु राम्रो हुनेछ, अन्यथा गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल