alliance khabar

सोमबार, साउन ०४, २०८३

काठमाडौँ, साउन ४ गते ।

 आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल मङ्गलबार नामिबियासँग खेल्दैछ ।

यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो । आठ टोली सहभागी सिरिजमा हाल पाँचौँ स्थानमा रहनेको नेपाललाई शीर्षचारमा रहँदै विश्वकप ग्लोबल छनोट हुन अबका खेलहरु जित्दै जानुपर्ने छ ।

एक समय सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलिएको सिरिजका आठ खेलमध्ये ६ खेलमा जित निकाल्दै आफुलाई पाँचौँ स्थानमा उभ्याएको थियो ।

नेपाल घरेलु मैदानमा दुई सिरिज खेल्नुअघि सातौँ स्थानमा थियो । अब नेपालले नेदरल्यान्ड्समा घरेलु मैदानकै लय पछ्याएमा शीर्षचारमा रहने सम्भावना कायम राख्नेछ । नेदरल्यान्ड्समा नेपाली टोलीको लक्ष्य सोही हुनेछ ।

नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते बिहीबार आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि नेपालले साउन ११ गते नामिबिया र १३ गते पुन: नेदरल्यान्ड्सँग खेल्नेछ ।

पाँचौँ स्थानमा रहेको नेपालले २८ खेलबाट २४ अङ्क बनाएको छ । समान खेलबाट ३२ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो र २२ अङ्क बनाएको नामिबिया सातौँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अङ्क छ । यस्तै दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३२ खेलबाट ३८ अङ्क छ । चौथो स्थानमा रहेको ओमानको ३२ खेलबाट ३१, नेपालपछिअ छैटौँ स्थानमा रहेको क्यानडाको ३२ खेलबाट २४ र २४ खेलबाट १४ अङ्क बनाएको युएई तालिकाको आठौँ एवं अन्तिममा छ ।

सिरिजमा सहभागी आठ टोलीले कूल ३६/३६ खेल खेल्नेछन् । विश्वकप लिग–२ : २०२३–२४/२०२७ ‘साइकल’ मा नेपालले अझै आठ खेल खेल्न बाँकी छ ।

नेपाललाई शीर्षचारमा परेर चालु विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ । यस प्रतियोगिताबाट एकदिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष ६ स्थानमा अटाए पुग्ने प्रावधान पनि रहेको छ ।

सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेदरल्यान्ड्स जानुअघि नै खेलाडी टोलीको घोषणा गरिसकेको थियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।

यस्तै टोलीमा लेग स्पिनर सन्दीप लामिछानेसहित कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख र सोमपाल कामी जस्ता अनुभवी खेलाडी यथावत् हुनुहुन्छ ।

यसैगरी टोलीमा इशान पाण्डे, गुल्सन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारीले स्थान बनाउनुभएको छ ।

टोलीमा मुख्य खेलाडीको अतिरिक्त पाँच जना खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ। वैकल्पिक खेलाडीमा सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल