कास्की, ८ असोज ः पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि पाएएपछि रु ५० हजार जरिवाना गरेको हो । सो स्टोर्समा […]
बेइजिङ, ८ असोज: चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी लि छ्याङबीच ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो । त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष चाओ लिजीसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्ताका लागि […]
काठमाडौँ, ७ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ । राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गर्नुभएको […]
काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो । सांसदसँग राससको अन्तक्र्रियामा उहाँले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गर्नुभयो, “म आफँैलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ […]
काठमाडौँ, ७ असोज : सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा अगाडि बढाउने भएको छ । कार्यालयले नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने र प्रोक्युरमेन्ट क्लिनिकमा सबै स्थानीय तहलाई समेट्ने तथा तालिम सामग्रीलाई अनलाइन प्रविधिबाट समेत सञ्चालन गर्ने कार्ययोजना तय गरेको छ । खरिद तथा सम्झौता व्यवस्थापनका विविध […]
गण्डकी, ७ असोज : पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको छ । समझदारीसँगै […]
गलकोट (बागलुङ), ७ असोज : बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ । गत […]
काठमाडौँ, ७ असोज : विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । […]
बेनी (म्याग्दी) ६ असोज ः शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त हुनुभएको थियो । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट […]
ढोरपाटन (बागलुङ) ६ असोज ः निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भ्यिाउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने गरेका छन् । तर आलुले भने उचित बजार नपाएको उनीहरुको गुनासो छ । […]