Alliancekhabar

शनिबार, आषाढ १५, २०८१

रानीवन, असार १५ गते : काठमाडौँको नागार्जुन नगरपालिका १ रानीवनमा अवस्थित छ पञ्चाली भैरव मन्दिर । यो मन्दिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुनको फूलबारी अर्थात् ककनी जाने बाटोको बायाँतर्फ राष्ट्रिय निकुञ्जको प्रवेशवरबाट आफ्नो निजी सवारी साधनबाट जाँदा केही दुरीको घना जङ्गलमा अवस्थित रहेको छ।

मन्दिर भित्र ११ वटा विभिन्न देव देवताको शिलाको मध्य भागमा रहेको कालो शिलालाई पञ्चाली भैरव मानी भक्तजनहरू पूजा अर्चना गर्दछन्। त्यही शिलाहरूको पछाडि त्रिसुलहरू छन् भने माथि घण्टाहरू झुन्डिएका छन्। निकै फराकिलो क्षेत्र र प्राकृतिक सम्पदाले भरिपूर्ण यस मन्दिर क्षेत्र निकै शान्त वातावरणमा रहेको छ। मन्दिर सञ्चालनार्थ श्री महेश सुवेदीको अध्यक्षतामा २१ सदस्यीय  श्री पञ्चाली भैरव मन्दिर रानीवन संरक्षण समिति समेत गठन गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल