Alliancekhabar

शनिबार, आषाढ १५, २०८१

टीकापुर  : माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कैलालीका पन्ध्र वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ ।

भजनीका राष्ट्रिय मावि पल्टुपुरबाट ३२ जना, महेन्द्र मावि पगियापसारबाट ३१ जना, सरस्वती मावि नवलपुरबाट २४ जना, राष्ट्रिय मावि महादेउलीबाट २४ जना, र राष्ट्रिय मावि ढुसीबाट २० जनाले एसइई परीक्षा दिएकोमा कुनै विद्यार्थी उत्तीर्ण नभएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिनुभयो ।

टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शुन्य आएको छ । त्रिभुवन माविबाट २६ जना र राष्ट्रिय माविबाट २३ जनाले परीक्षा दिएका थिए । यस्तै, यहाँको निजी विद्यालय सगुन एकेडेमीबाट आठ जनाले परीक्षा दिएकोमा नतिजा शुन्य आएको छ ।

चुरे गाउँपालिकाका तीनवटा विद्यालयको नतिजा शुन्य आएको छ । यहाँको जनता मावि बैसेनीबाट ३६ जना, जनता मावि शान्तिनगरबाट २१ जना, भगवती मावि कोतढुङ्गेनीबाट १६ जनाले परीक्षा दिएका थिए । यस्तै, ३५ जनाले परीक्षा दिएको कैलारी गाउँपालिकाको राष्ट्रिय मावि घुँइयाघाट, ४९ जनाले परीक्षा दिएको गोदावरी नगरपालिकाको दुर्गा मावि कोल्मुडाको नतिजा पनि शुन्य आएको छ ।

यस्तै मोहन्याल गाउँपालिकाको भैरवमाला मावि सुगरखाल र मोहन्याल मावि बडीकाफाइको नतिजा पनि शुन्य आएको छ । भैरवमालाबाट २२ र मोहन्यालबाट २६ जनाले एसइई दिएका थिए ।

पाँच विद्यालयको नतिजा शुन्य आएको भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीले पढ्ने, पढाउने, पढन पठाउने र अनुगमन गर्ने सबै पक्षको कमजोरीका कारण यस्तो नतिजा व्यहोर्नु परेको बताउनुभयो । प्रमुख चौधरीका अनुसार बुढा शिक्षक र मोवाइलमा व्यस्त विद्यार्थी पनि नतिजा खस्किनुको कारण हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल