धरान (सुनसरी), असार २१ गते : जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष […]
मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला । वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च […]
काठमाडौँ ,असार १८ । नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मदिनको स्मृति कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले , नेपालको ट्रेड युनियन आन्दोलन र ट्रेड युनियन कांग्रेसको स्मृतिमा सधैँ स्वर्गीय गिरिजाप्रसाद कोइराला रहिरहनुहुने बताउनुभयो। नेपाल ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिको आयोजनामा , ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष तथा नेपाली […]
बैतडी, असार २० गते । खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि दुई वटा सामुदायिक वनमा पानी सञ्चित गर्ने प्रजातिका १० हजार बोटबिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालयको वन विकास कार्यक्रम अन्तर्गत सिगास गाउँपालिकाको शेला सामुदायिक वनमा बाँज, काफल, चाँप, बाँस, टिमुर, तेजपत्तालगायका पाँच हजार बोट रोपिएका छन् । मेलौली नगरपालिका–९, विशालुरको असुर मौजा सामुदायिक वनले आफ्नै लगानीमा […]
हुम्ला, असार २० गते । कर्णाली कोरिडोर अन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा यातायातका साधनलाई गुड्न सास्ती हुने गरेको छ । दैनिक सुक्खा पहिरो झरिरहँदा यो सडकखण्डमा मालवाहक सवारीसाधनलाई गुड्न असजिलो हुने गरेको हो । सुर्खेतबाट सामान ढुवानी गर्दै आउनुभएका ट्रकचालक जानबहादुर मगरले खच्चामा सडक बिग्रिएका कारण आफूहरूले निकै सास्ती खेप्नु परिरहेको बताउनुभयो । उहाँले सुक्खा पहिरो खसेको समय […]
डडेलधुरा, असार २० गते । सरकारले २० लाखभन्दा बढी अनुदान रकम दिएर सुरु गरिएको मोती उत्पादन योजना सफल हुन सकेको छैन । परशुराम नगरपालिका–४, कटालमा घरेलु तथा साना उद्योग कार्यालयले सम्भाव्यता अध्ययन गरेर गत आर्थिक वर्ष २०८९/८० मा ८० प्रतिशत रकम अनुदान दिएको थियो । श्री भगवती एकीकृत कृषि तथा पशुपन्छी फार्मलाई २० लाख ७७ हजार रकम […]
यस वर्षको मनसुनले मुलुकभर आफ्नो साम्राज्य फिँजाइसकेको छ । यसको नियमित चरित्र अनुसार यस वर्ष पनि मुलुकका विभिन्न भागमा जनधनको क्षति गरिरहेको छ । यस पटकको मनसुन जोखिमपूर्ण रहने प्रक्षेपणसहित यसको सम्भावित प्रतिकूल असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पर्छ । यसका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, जल तथा मौसम विज्ञान […]
दमौली (तनहुँ), असार २० गते । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिनुभयो । […]
काठमाडौँ, असार २० गते । प्रत्येक उपभोक्ताको भान्सामा नियमित प्रयोग हुने आयोडिनयक्त नुन बुधबारदेखि लागु हुने गरी प्रतिकेजीमा छ रुपियाँले महँगिएको छ । यसअघि प्रतिकेजी उपभोक्ता मूल्य २० रुपियाँमा कारोबार हुँदै आएको आयोडिन नुन प्रतिकेजीको २६ रुपियाँ पुगेको हो तर २० रुपियाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपियाँमा बेच्दै आएका व्यापारीले अब बढाएर ३० […]
काठमाडौँ, असार २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि […]