alliance khabar

बिहिबार, आषाढ २०, २०८१

हुम्ला, असार २० गते ।

कर्णाली कोरिडोर अन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा यातायातका साधनलाई गुड्न सास्ती हुने गरेको छ । दैनिक सुक्खा पहिरो झरिरहँदा यो सडकखण्डमा मालवाहक सवारीसाधनलाई गुड्न असजिलो हुने गरेको हो ।

सुर्खेतबाट सामान ढुवानी गर्दै आउनुभएका ट्रकचालक जानबहादुर मगरले खच्चामा सडक बिग्रिएका कारण आफूहरूले निकै सास्ती खेप्नु परिरहेको बताउनुभयो । उहाँले सुक्खा पहिरो खसेको समय सडक बन्द हुने र पानी परे हिलाम्मे सडकमा यातायातका साधन सञ्चालन गर्न कठिन हुने भएका कारण समस्यै समस्या भोग्नु परिरहेको गुनासो गर्नुभयो । उहाँले दैनिक जसो सवारीसाधन घण्टौँसम्म फस्ने गरेकाले सबैलाई सास्ती हुने गरेको बताउनुभयो । सवारीसाधनमा मालसामानसँगै पहिरो पन्छाउने औजारसमेत बोकेर जानुपर्ने बाध्यता रहेको र पहिरो पन्छ्याउँदा घण्टौँ लाग्ने गरेको पीडा पोख्नुभयो । कहिलेकाहीँ त गाडीको सामान झारेर सवारीसाधनलाई धक्का लगाउनुपर्ने अवस्थासमेत आउने गरेको उहाँले बताउनुभयो ।

अर्का सवारीचालक शान्तबहादुर शाहीले खच्चा क्षेत्रको भौगोलिक बनावट नै पहिरो खस्ने भएका कारण दैनिक यातायातका साधनले सास्ती खेप्नु परिरहेको बताउनुभयो । जिल्लामा मालसामान भित्र्याउने मालबाहक गाडी फस्दा वारपार गर्न निकै गाह्रो हुने गरेको छ भने कहिलेकाहीँ त जिल्लाबाट रित्तै फर्किंदै गरेका सवारीसाधन पनि हिलो र पहिरोमा फस्ने गरेका छन् ।

उहाँले यातायातका साधनले हुम्ला आउँदा मात्र नभएर फर्कंदा पनि खाली गाडी हुने भएका कारण बालुवा, ढुङ्गा बोकेर चलाउनुपर्ने बाध्यता रहेको सवारीचालक मगरले बताउनुभयो । उहाँले खच्चा क्षेत्रको तीन सय मिटर सडक आउनेबित्तिक्कै मनमा डर लागेर आउने भए पनि अन्य विकल्प नभएका कारण सो सडक पार गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेल खच्चाको सडक क्षेत्रमा पहिरो जाँदा बाटो खुलाउन बाजुरास्थित सडक कार्यालयलाई पत्राचार गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल