alliance khabar

बिहिबार, आषाढ २०, २०८१

काठमाडौँ ,असार १८ ।

नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मदिनको स्मृति कार्यक्रममा ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले , नेपालको ट्रेड युनियन आन्दोलन र ट्रेड युनियन कांग्रेसको स्मृतिमा सधैँ स्वर्गीय गिरिजाप्रसाद कोइराला रहिरहनुहुने बताउनुभयो।

नेपाल ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिको आयोजनामा , ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष तथा नेपाली काङ्ग्रेसका पूर्ब सभापति , नेपाल सरकारका पूर्बप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शताब्दीऔँ जन्म जयन्तीको अबसर पारेर ट्रेड युनियन काङ्ग्रेसको प्राङ्गणमा रहेको कोइरालाको अर्धकदको सालिकमा माल्यार्पण कार्यक्रम गरेको छ ।

कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुँवरले आफ्नो मन्तव्यका क्रममा , स्वर्गीय गिरिजाप्रसाद कोइरालाले विराटनगर जुट मिलमा श्रमिक आन्दोलनको नेतृत्व गर्दै लामो समय ट्रेड युनियन आन्दोलन र नेपालको राष्ट्रिय राजनीतिमा रहँदा उहाँले पुर्‍याउनुभएको योगदानबाट प्राप्त उपलब्धि आजपनि श्रम जगतमा ताजै रहेको बताउनुभयो ।

“उहाँले , नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक क्यालेण्डरमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा विभिन्न किसिमका रचनात्मक कार्यक्रम हरू समेटिएको समेत प्रष्ट पार्नुभयो। ”

“उहाँले, स्वर्गीय कोइरालाले श्रम आन्दोलन र समाजवादी आन्दोलनमा पुर्‍याउनुभएको योगदानलाई कोही कसैले शब्दमा वर्णन गरेर कहिल्यै पनि नसकिने बताउनुभयो।”

कार्यक्रममा ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महिला उपाध्यक्ष राधिका कुइकेल, महासचिव अजय कुमार राई ,उपमहासचिवहरु, कोषाध्यक्ष , केन्द्रीय सदस्यहरु ,महिला समितिका अध्यक्ष ,ट्रेड युनियन कांग्रेससँग आबद्ध सत्ताइस वटै राष्ट्रिय सङ्घका अध्यक्ष लगायत पदाधिकारीहरु बागमती प्रदेश अध्यक्ष ,काठमाडौं जिल्ला अध्यक्ष, ललितपुर जिल्ला अध्यक्ष तथा सम्पूर्ण ट्रेड युनियनकर्मी हरूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिकमा माला तथा पुष्पगुच्छा अर्पण तथा भावपूर्ण श्रद्धा सुमन व्यक्त गरी कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल