अमेरिकामा गोली चल्यो, २२ को मृत्यु

बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् । समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिनुभयो । […]

ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण

अछाम, ९ कात्तिक : यहाँको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६ दशमलव ५ रोपनी जग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गर्नुभएको हो । दरबार मेल्लेख गाउँपालिका वडा नं ५ बिन्धेबासीनीमा अवस्थित छ । दरबारको संरक्षण […]

तल्लो सेती जलविद्युत् आयोजना ः लगानीका लागि सहजीकरण गरिदिन पत्राचार

दमौली, ९ कात्तिक ः तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिइएको हो । एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण […]

बल्ल तालबाराही मन्दिर पुनः निर्माण थालियो

लेखनाथ, ९ कात्तिक ः पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो । उहाँले पुरानै स्वरुपमा मन्दिर […]

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

काठमाडौँ, ९ कात्तिक : इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उहाँको शव ल्याइएको हो । इजरायलमा […]

मनकामना केबलकार सञ्चालनमा

मुग्लिन, ९ कात्तिक : मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको […]

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

भरतपुर, ९ कात्तिक : वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट […]

कवड्डीकी कलावतीः ‘स्कूलमा कप्तानदेखि एसियालीसम्म’

महेन्द्रनगर (कञ्चनपुर), ९ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ बर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन् । बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिनुभयो । स्कूलमा कवड्डी खेल्न थालेको तीन बर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको […]

प्रतिपक्षको खबरदारी र सरकारको जवाफदेहीताबीच सन्तुलन अभाव छ : सांसद बराल

काठमाडौँ, ९ कात्तिक ू प्रतिनिधिसभा सदस्य भएपछिको पहिलो दसैँ सांसद सुनिता बरालका लागि केही भिन्न अनुभूतिको रह्यो । आफन्त र टोल–छिमेकमा छोरी, चेली, बहिनी भनेर विगतमा गरिने व्यवहारमा सायद भूमिकाका हिसाबले केही परिवर्तन पा¥यो होला । उहाँसँग भेटघाटका अवसरमा व्यक्तिगत कुराकानीका साथै विकास, निर्माण र राजनीतिक स्थिति आदिबारे छलफल भए । “देशको राजनीति किन यस्तो […]

अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक

काठमाडौँ, ९ कात्तिक : सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ । मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात हजार एक सय ३२ मिटर उचाइमा रहेको हिमालको आधार शिविरमा छायाङ्कनको टोली पु¥याएर कलाकार एवं निर्देशक राजु भट्टले उक्त भिडियो सुटिङ गर्नुभएको हो । काठमाडौँको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल