लेखनाथ, जेठ १८ गते । गएको चैत ९ गते विनोदबाबु बस्ताकोटीले सगरमाथा चुलीमा पाइला टेक्नुअघिसम्म परिवारले उहाँको यात्राबारे थाहै पाएको थिएन । शिखर पुगेको फोटो अस्ट्रेलियामा रहेकी बहिनीलाई बस्ताकोटीले पठाएपछि मात्र परिवारमा उहाँको सफल आरोहणको जानकारी भयो । उहाँकी नातेदार गीता तिवारीले अस्ट्रेलियाबाट पोखरा महानगरपालिका–२६, खरानेफाँट बस्ने परिवारलाई खबर भएपछि मात्र आरोहणबारे आफन्तले खबर थाहा पाएको सुनाउनुभयो । […]
काठमाडौँ, जेठ १८ गते । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ । आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय […]
हेटौँडा, जेठ १८ गते । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको छ । शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित […]
मेष–चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला । वृष–वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ […]
अत्तरिया जेठ १७ गते। कैलाली जिल्लाको धनगढी उपमहानगरमा तापक्रम ४४.१ डिग्री सेल्सियस नाघेको छ। जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ। कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड थियो। बिहीबार ४४ […]
काठमाडौँ, जेठ १७ गते । काठमाडौँको तापक्रम बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको छ । विगत केही दिन यता उपत्यकाको तापक्रम बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले स्थानीय वायु र पश्चिमी वायुको […]
सर्लाही, जेठ १७ गते : सर्लाही प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा खुलेका अवैध घरेलु मदिरा व्यवसाय (भट्टी) नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ । सीमा क्षेत्रका एकान्त ठाउँमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण तथा सेवन गराइँदा विभिन्न किसिमका दुर्घटना र अपराध बढ्न थालेको भन्दै प्रहरीले भट्टी भत्काउने अभियान चलाएको हो । जिल्ला प्रहरी कार्यालयले मातहतका […]
वराहक्षेत्र, जेठ १७ गते : तराईमा केही दिनदेखि अत्यधिक गर्मी बढ्न थालेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । सात दिनदेखि बढेको गर्मी तथा तापक्रमका कारण सुनसरीसहित तराईका जिल्लाहरूको जीवन कष्टकर बनेको छ । जेठको दोस्रो हप्तादेखि तराईमा तापव्रmम बढ्दै गएपछि सुनसरी जिल्लाको प्रमुख सहरमा चहलपहल घटेको छ । तापक्रम बढेर दिउँसो घरबाहिर निस्कनसमेत समस्या […]
बारा, जेठ १७ गते : प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुर, बिरालोलगायतका जनावरले टोकेलगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन लगाउनुपर्ने हुन्छ । भ्याक्सिन नलगाई रेबिज रोग सरेमा यो रोगको उपचार सम्भव छैन । सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा अभाव हुँदा बिरामी भ्याक्सिन नलगाई घर फर्कन बाध्य भएका […]
सुर्खेत, जेठ १७ गते : सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार विहान भे १ च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको थियो । जिपमा […]