मेष– खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष– समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने […]
मेष– कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष– […]
धनगढी, साउन १७ गते । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस संसदीय दलले औपचारिक निर्णय गर्न बाँकी रहे पनि मुख्यमन्त्रीमा उहाँको सम्भावना बढी रहेको जनाइएको छ । यस विषयमा भोलि (शुक्रबार) दिउँसो २ बजे दलको बस्ने बैठकले अन्तिम टुङ्गो […]
नुवाकोट, साउन १८ गते । नुवाकोटमा पछिल्लो समय पूर्वाधार निर्माणका व्रmममा जिल्लाका अधिकांश ग्रामीण भूभाग सडक सञ्जालले जोडिएको छ । गाउँ गाउँमा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा विस्तार भइरहको छ तर गाउँका युवालगायत सर्वसाधारण सहज जीवनयापन र ठुला अवसरको खोजीमा गाउँ छोड्ने र विदेश पलायन हुने बढ्दा सरकारी नीति र लक्ष्यबिच सामञ्जस्य मिल्न नसकेको देखिएको […]
ताप्लेजुङ, साउन १८ गते । हावाहुरी र अविरल वर्षाका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको कृषि बालीमा क्षति गरेको छ । राति करिब ११ बजेपछि मेघ गर्जनसहित आएको पानी, हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९, हाङ्देवामा मकैलगायतका बालीमा क्षति गरेको हो । हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार साविक वडा १, २, ३ र ९ मा किसानले लगाएको कृषि […]
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई ध्यान दिई अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशा रहने उल्लेख्य गरिएको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको र समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर […]
काठमाडौँ, साउन १८ गते । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको […]
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन […]
काठमाडौँ, साउन १७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशन गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन समयसीमा तोकेको छ । जारी सूचना अनुसार अध्यक्षका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यताप्राप्त शिक्षण […]
धन खर्च गरेर जनप्रतिनिधि बन्ने निर्वाचन प्रणाली ठिक हुँदैन । यस विषयमा प्रायः सबै राजनीतिक दलका नेता र सांसदले बोल्ने गरेका छन् तर हालको निर्वाचन प्रणाली बदल्न व्यवस्थापिका संसद्मा भने कुनै सुरसार गरिएको छैन । नेपालका नेताले कुनै विषयमा बोलेको १० वर्ष हुँदा पनि काम नगर्ने पुरानै रोग हो । अझै पनि यो रोगको उपचारमा […]