काठमाडौँ, जेठ २२ गते : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सगरमाथा र बुद्धको देश भनेर चिनिने […]
फिदिम,जेठ २२ गते : पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ । झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा लैजाने क्रममा निधन भएको हो । साथीहरूसँग झर्ना घुम्न गएका उनीहरू फोटो खिच्ने क्रममा चिप्लेर […]
काठमाडौँ, जेठ २२ गते : उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरूमा असर परेको बताउनुभएको छ । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्ध वृद्धमा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्यूनीकरणका लागि पहल गनु पर्नेमा जोड दिनुभएको […]
खजुरा, जेठ २२ गते : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो । स्थापनाकालदेखि हालसम्म नेपालगन्जमा चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो । […]
चरीकोट जेठ २१ गते : जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि आयोजना गरिएको शिविरमा १७२ जना महिला लाभान्वित भएका छन् । महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा गाउँपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना […]
प्युठान, जेठ २१ गते : तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभी को लाइन दाङको अर्जुनखोलाबाट उत्तर तर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएरपछि विद्युत सेवा अवरुद्ध भएको हो […]
तनहुँ, जेठ २१ गते : लागूऔषधसहित प्रहरीले तनहुँका दुई युवकलाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ । पृथ्वी राजमार्गका मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेका सवारीसाधन चेकजाँच गर्ने क्रममा भानु नगरपालिकाको वडा नम्बर १ बस्ने वर्ष २२ को दिपेश परियार र वडा नम्बर ६ बस्ने वर्ष २४ […]
काठमाडौँ, जेठ २१ गते : सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ । त्यस्तै, आव २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ […]
काठमाडौँ, जेठ २१ गते : कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको […]
मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष –खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका […]