रुकुमपश्चिम, साउन २८ गते : अविरल बर्षाका कारण ठुलिभेरी नदीको बहाव अत्याधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका वासिन्दालाई बिशेष अनुरोध गरिएको छ । नदीको बहाव करिब ६ फिट बढेको छ । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले नदीको आसपासमा रहेका बस्ती र बासिन्दालाई सतर्क रहन सार्वजनिक रुपमा अनुरोध […]
म्याग्दी, साउन २८ गते : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी […]
मेष– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष– […]
पर्वत, साउन२७ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उहाँ बताउनुहुन्छ । “च्याउखेतीबाट […]
म्याग्दी (दरबाङ), साउन २७ गते । शनिबार बिहानै कालीगण्डकीको छाल धिरच्याङस्थित कुखुरा फर्ममा पस्दा बाह्र लाख रुपियाँभन्दा बढीको क्षति हुन पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, धिरच्याङमा सोही गाउँपालिका–२, कटुङ्जेको भिरबाट पहिरो कालीगण्डकीमा खस्दा नदीमा आएको छालले धिरच्याङस्थित दाजुभाइ पोल्ट्री, कृषि तथा पशुपन्छी फर्ममा पस्दा क्षति पुर्याएको हो । नदीपारिको भिरबाट खसेको पहिरोका कारण आएको छालले खोरभित्र […]
बुटवल, साउन २७ गते । सरकारले तोकेको गुणस्तर मापदण्डविपरीत बजारमा दुध बिक्री हुने गरेको पाइएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दै गुणस्तरहीन दुध बिक्रीमा कडाइ गरेको छ । गत साता मात्रै बुटवल बजारमा गुणस्तर मापदण्डभन्दा विपरीत दुध बिक्री भइरहेको सार्वजनिक भएको थियो । बुटवल उपमहानगरले गरेको अनुगमनमा व्यवसायीले दुधमा अत्यधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाइएको हो । सरकारले भैँसीको […]
बर्दीबास, साउन २७ गते । महोत्तरीको सीमावर्ती नगरपालिका मनरासिसवाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि ‘घर घरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालित गरी जनताको घरमै सेवा पु-याउन ‘घरदैलो सामुदायिक स्वास्थ्य कार्यक्रम’ सञ्चालमा ल्याएको हो । स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको मनरासिसवाले १२ औँ नगर सभाबाट स्वीकृत कार्यव्रmम अनुसार प्रत्येक वडाको घरदैलोमै स्वास्थ्य सेवा […]
तम्घास, साउन २७ गते । गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६५ जना पुरुषले सम्बन्धविच्छेद गरिपाऊँ भनी मुद्दा दर्ता गराएका छन् । जसमध्ये ४३ मुद्दा फर्स्योट भएको र २२ वटा मुद्दा फर्स्योट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार गत आवमा अदालतमा ३८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा फस्र्योट भएको […]
घोराही, साउन २७ गते । दाङको घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा कक्षा ११ मा अध्ययनरत दिवस केसी व्यवस्थापन सङ्कायसँगै कोरियन भाषा अध्ययन गर्न थाल्नुभएको छ । विद्यालयले व्यवस्थापन सङ्काय अन्तर्गत अध्ययनरत विद्यार्थीका लागि ऐच्छिक विषयका रूपमा कोरियन भाषा राखेपछि अन्य विद्यार्थीसँगै आफूले पनि पढ्न थालेको बताउनुहुन्छ । कक्षा ११ को अध्ययनसँगै नेपाली रोजगारीका लागि […]
नवलपुर, साउन २७ गते । मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ । कावासोती नगरपालिका–२ का अमृत भुसालले गरेको त्यस्तै अमानवीय व्यवहारले मिटरब्याजको समस्या कति विकराल छ भन्ने […]