alliance khabar

आइतबार, साउन २७, २०८१

म्याग्दी (दरबाङ), साउन २७ गते ।

शनिबार बिहानै कालीगण्डकीको छाल धिरच्याङस्थित कुखुरा फर्ममा पस्दा बाह्र लाख रुपियाँभन्दा बढीको क्षति हुन पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, धिरच्याङमा सोही गाउँपालिका–२, कटुङ्जेको भिरबाट पहिरो कालीगण्डकीमा खस्दा नदीमा आएको छालले धिरच्याङस्थित दाजुभाइ पोल्ट्री, कृषि तथा पशुपन्छी फर्ममा पस्दा क्षति पुर्‍याएको हो । नदीपारिको भिरबाट खसेको पहिरोका कारण आएको छालले खोरभित्र रहेका ८०० ब्रोइलर जातका कुखुरा मरेका छन्  ।

दुई वटा कुखुराको खोर छालले भत्काएको छ । बिक्री गर्ने समय भएका कुखुरा मरेका फर्मका सञ्चालक ईश्वर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई वटा खोरमा छाल पसेर भत्काएको छ । बिक्री गर्ने समय भएका कुखुरा मरेका छन् ।” कालीगण्डकीको छालले करिब १२ लाख रुपियाँ बराबरको क्षति पु¥याएको उहाँको भनाइ छ । कुखुरालाई खुवाउन राखेको आठ बोरा दाना पनि नष्ट भएको छ । छालले वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपारेको छ । कालीगण्डकीको सतहभन्दा करिब २० मिटरमाथिसम्म छाल आएको थियो । उक्त स्थानमा स्थानीय, जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतको टोलीले उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल