alliance khabar

आइतबार, साउन २७, २०८१

घोराही, साउन २७ गते ।

दाङको घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा कक्षा ११ मा अध्ययनरत दिवस केसी व्यवस्थापन सङ्कायसँगै कोरियन भाषा अध्ययन गर्न थाल्नुभएको छ । विद्यालयले व्यवस्थापन सङ्काय अन्तर्गत अध्ययनरत विद्यार्थीका लागि ऐच्छिक विषयका रूपमा कोरियन भाषा राखेपछि अन्य विद्यार्थीसँगै आफूले पनि पढ्न थालेको बताउनुहुन्छ ।

कक्षा ११ को अध्ययनसँगै नेपाली रोजगारीका लागि जाने देशका बारेमा बुझ्नका लागि आफूले कोरियन भाषा पढ्न थालेको बताउनुभयो । विद्यालयमै आफ्नो पढाइसँगै कोरियन भाषा पढ्न पाइने व्यवस्था भएपछि अर्थशास्त्र विषय छाडेर कोरियन भाषा पढ्न थालेको भन्दै केसीले भन्नुभयो, “कक्षा ११ मा कोरियन भाषा सिक्न सकिने र पछि रोजगारीका लागि कोरिया जान पनि सजिलो हुने भएकाले पढ्न थालेको छु ।”

दिवससँगै आशा केसी पनि कोरियन भाषा अध्ययन गर्दै आउनुभएको छ । आफ्नो नियमित पढाइसँगै विद्यालयमै कोरियन भाषा अध्ययन गर्न सकिने भएकाले कोरियन भाषा पढ्न थालेको बताउनुभयो । भाषा सिकेपछि बेरोजगारी समस्याका कारण बिदेसिनुपर्ने अवस्था आएमा कोरिया जानका लागि सजिलो हुने अपेक्षा उहाँमा छ । व्यवस्थापन सङ्काय अध्ययनका लागि विद्यालयमा भर्ना भएर कोरियन भाषा पनि सिक्दै आएकी केसीले भन्नुभयो, “विद्यालयमा कोरियन भाषा सिक्दा थप पैसा नलाग्ने र आफ्नो पढाइसँगै भाषा सिकिने भएकाले पढिरहेको छु ।”

पढेर आफ्नै देशमा केही गर्ने सोच भए पनि नेपालीको आकर्षक श्रम गन्तव्यका रूपमा रहेको देश कोरियाको भाषाशैली, संस्कृतिसँगै कामका बारेमा ज्ञान हासिल गर्नका लागि कोरियन भाषा सिक्न थालेको बताउनुहुन्छ । उहाँहरू मात्र होइन, व्यवस्थापन सङ्काय अन्तर्गत विद्यालयले कोरियन भाषाको व्यवस्था गरेपछि अहिले विद्यालयमा ६० जना विद्यार्थीले नियमित कक्षासँगै कोरियन कक्षा लिइरहेका छन् । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सँगै विद्यार्थीलाई बहुभाषाको ज्ञान गराउनका लागि यो वर्षदेखि कोरियन भाषाको पठनपाठन थालेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम खनाल बताउनुहुन्छ ।

सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरले केही वर्षअघिदेखि विद्यार्थीलाई आयआर्जनमा जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागु गरेको थियो । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीलाई कृषिमा जोडेको विद्यालयले यो वर्षदेखि विद्यार्थीमा बहुभाषाको ज्ञान दिने उद्देश्यले कोरियन भाषाको पढाइ सुरु गरेको छ । प्रधानाध्यापक खनालका अनुसार विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ६० विद्यार्थी अहिले व्यवस्थापन सङ्काय अन्तर्गत कोरियन भाषाको कक्षा लिइरहेका छन् । उहाँका अनुसार विद्यालयले अर्को वर्षदेखि जापानिज भाषाको पढाइ पनि गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल