२७ विद्यालयलाई बस खरिदमा अनुदान

हेटौँडा, कात्तिक २२ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो । निर्देशनालयका […]

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

कात्तिक २२ गते । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो […]

रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ आज

काठमाडौँ, कात्तिक २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले […]

सीपीसी नेता वाङ र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

काठमाडौँ, कात्तिक २३ गते । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो । भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ ।

हिमालपारिको गाउँ लिमीमा आँखा शिविर

हुम्ला, कात्तिक २३ गते । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो । लिमी […]

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाही, कात्तिक २२ गते । सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका मालिक समेत रहनुभएका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शङ्कर पटेलको […]

किन बिक्री भएनन् खाद्यका दुई सय खसी र च्याङ्ग्रा ?

काठमाडौँ, कात्तिक २१ गते । खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी, बोका र च्याङ्ग्रा यसवर्ष पनि बिक्री भएका छैनन् ।दसैँका लागि खाद्य कम्पनीले ल्याएका दुई हजार २०१ खसी, बोका तथा च्याङ्ग्रामध्ये २०० वटा खसी र च्याङ्ग्रा बिक्री नभएका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस वर्ष […]

पश्चिम नेपालमा बारम्बार भूकम्प

सुर्खेत, कात्तिक २२ गते । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउँपालिका बढी प्रभावित भएको छ । रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा समेत जनधनको क्षति भएको छ । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर […]

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

चितवन, कात्तिक २२  गते । फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय रुपियाँ तोकेको छ । सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले निर्धारण गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए-नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको […]

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

भजनी (कैलाली), कात्तिक २२ गते । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका वडा नं ५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल