Alliancekhabar

सोमबार, साउन २८, २०८१

रुकुमपश्चिम, साउन २८ गते : अविरल बर्षाका कारण ठुलिभेरी नदीको बहाव अत्याधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका वासिन्दालाई बिशेष अनुरोध गरिएको छ ।

नदीको बहाव करिब ६ फिट बढेको छ । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले नदीको आसपासमा रहेका बस्ती र बासिन्दालाई सतर्क रहन सार्वजनिक रुपमा अनुरोध गर्नुभएको छ ।

उहाँले डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका अनुसार लगातार पानी परिरहेकाले नदी बहाव थप बढ्ने सूचना प्राप्त भएको बताउनुभयो । नदीको बहाव उच्च हुँदा तटीय क्षेत्रमा बढी क्षति हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन अनुरोध गरेको छ । प्रहरीले नदीमा माछा मार्ने, काठ दाउरा संकलन गर्नेजस्ता काम नगर्न समेत अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल