alliance khabar

आइतबार, साउन २७, २०८१

बुटवल, साउन २७ गते ।

सरकारले तोकेको गुणस्तर मापदण्डविपरीत बजारमा दुध बिक्री हुने गरेको पाइएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दै गुणस्तरहीन दुध बिक्रीमा कडाइ गरेको छ ।

गत साता मात्रै बुटवल बजारमा गुणस्तर मापदण्डभन्दा विपरीत दुध बिक्री भइरहेको सार्वजनिक भएको थियो । बुटवल उपमहानगरले गरेको अनुगमनमा व्यवसायीले दुधमा अत्यधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाइएको हो ।

सरकारले भैँसीको दुधमा न्यूनतम फ्याट पाँच प्रतिशत, एसएनएफ आठ, गाईको दुधमा ३.५ प्रतिशत फ्याट, एसएनएफ सात र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट र एसएनएफको मात्रा आठ तोकेको छ तर बुटवलको बजारमा अति न्यून १.८ प्रतिशत फ्याट भएको दुध बिक्रीवितरण हुने गरेको पाइएको छ ।

बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा गरेको अनुगमनमा अत्यधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दुध बेच्ने गरेको पाइएको हो । अनुगमन टोलीले बुटवलमा दुध वितरण गर्ने उद्योग, सहकारी र डेरीका १० वटा नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो ।

१० वटा नमुनाको प्रयोगशालामा परीक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपककुमार यादवले जानकारी दिनुभयो । दुधबाट फ्याटको मात्रा झिकिएको वा पानी मिसाएर बेच्ने गरेको पाइएको पनि उहाँले बताउनुभयो । दुधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको छ । बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलमा बिक्रीवितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्डभन्दा विपरीत पाइए तत्काल कारबाही गर्ने बताउनुभयो ।

अहिले १० वटा डेरीको दुधको नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको र कुनै कैफियत भेटिए तत्काल कारबाही गरिने उहाँले बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले दुधको मूल्यमा एकरूपता कायम हुन नसकेको बताउनुभयो । पसलैपिच्छे दुधको मूल्य फरक रहेको उहाँको भनाइ छ ।

व्यवसायी र उपभोक्तालाई सचेत गराउनका लागि अहिले माइकिङ गरिएको र अनुगमनका क्रममा मापदण्डभन्दा विपरीत दुध बेचेको पाइए तत्काल कारबाही गरिनुपर्ने माग उहाँले राख्नुभयो । उपमहानगरपालिकाले मापदण्डभन्दा विपरीत दुध बेच्नेलाई १० हजार रुपियाँसम्म जरिबाना लिन सक्ने व्यवस्था रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल