जेनजी पुस्तालाई एमालेमा आउन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ, कात्तिक २४ गते ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आव्हान गर्नुभएको छ । एमालेद्वारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उहाँले सो आह्वान गर्नुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, “साथीहरु, […]

६ महिनामा १२८ फरार प्रतिवादी पक्राउ, दुई करोड २४ लाख जरिवाना असुल

वालिङ(स्याङ्जा), कात्तिक २४ गते । स्याङ्जा प्रहरीले ६ महिनाको अवधीमा १२८ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । तिनीहरुबाट दुई करोड २४ लाख तीन हजार ८९२ रुपियाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले एक सय १० वर्ष नौ महिना नौ दिनको कैद सजाए भोग्नुपर्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक […]

कोशीलाई खोरेतमुक्त बनाउन खोप अभियान

विराटनगर, कात्तिक २४ गते । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने प्रदेश सरकारको लक्ष्यप्राप्तिमा सहयोग गर्न विराटनगर महानगरपालिकाले आइतबारदेखि गाईभैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । प्रदेश खोरेतमुक्त बनाउने कोशी प्रदेश सरकारको लक्ष्य अनुरूप विराटनगर–१२ स्थित बन्जरा एग्रो फार्ममा रहेका गाईमा निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश […]

बागलुङमा थपिए ६३१ जना नयाँ मतदाता नामावली

बागलुङ (गलकोट), कात्तिक २४ गते । पछिल्लो एक महिनामा बागलुङमा ६३१ मतदाता थपिएका छन् । गत असोज १० गतेदेखि हालसम्म ६३१ मतदाता थप भएको निर्वाचन कार्यालय बागलुङका कम्प्युटर अपरेटर उषा सुवेदीले जानकारी दिनुभयो । उहाँका  अनुसार पछिल्लो समय दैनिक ५०/६० जनाको दरले मतदाता नामावलीमा नाम लेखाउन आएको बताइएको छ । यो अबधिमा ५१ जनाले त्रुटी […]

सुन्तला बगैँचामा रोग फैलिँदा किसान चिन्तित

सल्यान, कात्तिक २४ गते । सल्यानको बागचौर नगरपालिका–९ कोटमौलाका किसानले लगाएका सुन्तलामा विभिन्न रोग फैलिँदै गएपछि किसानहरू चिन्तित बनेका छन् । बोटका पात पहेँलिँदै झर्ने, हाँगा सुक्ने र फल असामान्य रूपमा झर्ने समस्या देखिएपछि  सुन्तला खेती सङ्कटमा परेको छ । बागचौर ९ का किसान लोकबहादुर डाँगीका अनुसार गत असार महिनादेखि बगैँचामा रोगको लक्षण देखिन थालेको […]

‘एन्टी फाइबर विद्यार्थी अफर’

काठमाडौँ, कात्तिक २४ गते । नेपाल टेलिकमले विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । विसं २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि ल्याइएको यस अफरको आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गर्नुभएको छ । उक्त अवसरमा बोल्दै उहाँले सार्वजनिक योजनाले विद्यार्थीलाई किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट […]

नयाँ सहर आयोजनाः २० किमी सडक कालोपत्र

दमौली (तनहुँ), कात्तिक २४ गते ।  नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलव ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । कार्यालयले ३४ दशमलव ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलव ७४ किलोमिटर ढलान, ४६ दशमलव ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय […]

रेलमार्गको अन्तिम स्टेसन निर्माण पुनः सुरु

विराटनगर, कात्तिक २३ गते । लामो समयसम्म जग्गा मुआब्जा विवादका कारण अवरुद्ध भारतको बथनाहा–कटहरी रेलमार्गको अन्तिम स्टेसन निर्माण अगाडि बढेको छ । हुलाकी राजमार्गसम्म रेलमार्ग निर्माण भइसकेको छ तर त्यहाँबाट उत्तरमा पर्ने एक हजार एक सय मिटर क्षेत्रमा मुआब्जा विवादका कारण निर्माण अगाडि बढ्न सकेको थिएन । उक्त विवाद समाधान भएपछि निर्माणले गति लिएको हो […]

चुनाव अघि महाधिवेशन गर्न गोरखा कांग्रेसको माग

सुलीकोट, कात्तिक २३ गते ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न हुन नसके चुनाव अघि नै विशेष महाधिवेशनमा जानु पर्ने माग गरेको छ । नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमितिको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस गोरखाले जिल्लामा क्रियाशील सदस्यता नवीकरण प्रक्रिया पूरा भइसकेको र नयाँ […]

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

चितवन, कात्तिक २३  गते । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिन चलेको बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ । छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल