जेनेभा, कात्तिक १७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टिबी) का बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्दा बढी हो । डब्लुटिओले मङ्गलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टिबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति […]
काठमाडौँ, कात्तिक १७ गते : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ । एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो । सहकारी ठगीमा एमाले भित्रकै कोही भए पनि कारबाही हुने उहाँको भनाइ […]
डोटी, कात्तिक १७ गते : तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लाष्टिका फुल मालाको बिक्री बढेको छ । जिल्ला सदरमुकाम सिलगढी, प्रमुख ब्यापारिक केन्द्र पिपल्ला, दिपायललगायत ग्रामीण क्षेत्रमा रहेका स–साना बजार क्षेत्रमा समेत प्लाष्टिकका फूलमालाको बिक्री अत्याधिक रुपमा भइरहेको छ । स्थानीय तहहरुले प्लाष्टिकका मालालगायतका सामग्री आयात बिस्थापन गर्ने किसिमका नीति निर्माण नगरेका कारण पनि ब्यापारीहरुले प्लाष्टिकको […]
काठमाडौँ, कात्तिक १७ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्त्वर्पूण पर्व भएको बताउनुभएको छ । नेपाल संवतको नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुआत गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाप्रति […]
दमक, कात्तिक १६ गते : चाडपर्वको समयमा समेत झापामा लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीको निगरानीबाट छलिन र नयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेका लागुऔषध कारोबारीहरुले पछिल्लो समयमा मलद्वारभित्र लागुऔषध लुकाएर ल्याउने गरेको पाइएको छ । यसैक्रममा झापाको शिवसताक्षी नगरपालिकाका छबिलाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति साढे ८ बजेतिर काँकडभिट्टाको पुरानो […]
काठमाडौँ, कात्तिक १७ गते : यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि […]
लेखनाथ, कात्तिक १६ गते : अचेल चाडपर्व सो कि बिदाका दिन पोखरा आसपासका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ । पर्यटकीय मौसम सुरु भएकाले विदेशी पर्यटक पनि ती गाउँमा कोही पदयात्रा गर्दै त कोही ग्रामीण संस्कृति र प्रकृति हेर्न पुग्छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ मा रहेको ल्याङ गाउँ अहिले पर्यटकले भरिभराउ छ […]
सिन्धुपाल्चोक, कातिक १६ गते : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई कम्बल र २२ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ । फि्युचर अफ होप नामक संस्थाको सहयोगमा पत्रकार तथा सामाजिक अभियन्ता निरोज तोलांगेको पहलमा पहिरो पीडितलाई सिरक र ज्याकेट वितरण गरिएको हो । उहाँहरू बस्दैआएको कुनेगाउँमै पुगेर सो संस्थाकी संस्थापक अध्यक्ष अनिला […]
गलकोट (बागलुङ), कात्तिक १६ गते : दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर्माण कम्पनीको लापरबाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो […]
तम्घास, कात्तिक १६ गते : गुल्मीमा ५० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूल खेती भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गत वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले पनि गत वर्ष कृषकहरूले एक सय रोपनीमा गर्दै आएको फूल खेती घटाएर पचास रोपनी क्षेत्रफलमा गर्दै आएको ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले बताउनुभयो । जिल्लामा […]