Alliancekhabar

शनिबार, कार्तिक १७, २०८१

काठमाडौँ, कात्तिक १७ गते : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ । एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो ।

सहकारी ठगीमा एमाले भित्रकै कोही भए पनि कारबाही हुने उहाँको भनाइ छ ।  ‘दोषी हाम्रै पार्टीभित्रको कोही छ भने पनि ऊ दण्डको भागीदार हुन्छ र हुनुपर्दछ, एमाले यसमा दृढ छ’ पोखरेलले भन्नुभयो ।  ‘हिजो एमालेलाई फत्तुर लाउनेहरू प्रधानमन्त्री केपी ओलीलाई पशुपतिको जलहरीमा सुन होइन, पित्तल लगाएको भन्नेहरू थिए, यस्ता फत्तुर लाउनेहरू छन्, अनेक खालका कुराहरू गर्छन् । तर हामी तिनीहरूको सामुन्ने ठिङ्ग उभिएर जवाफ दिन तयार छौँ, हामीले गल्ती गर्दैनौँ, गल्ती गर्नेहरूलाई दण्डको भागीदार बनाउछौँ । यो एमालेको अठोट हो र सङ्कल्प हो’ उहाँले भन्नुभयो ।

सहकारी छानबिन समिति बनाउँदा व्यक्ति तोकेर बनाउन नहुने एमालेले अडान लिएको पनि उहाँले स्मरण गराउनुभयो । रास्वपा सभापति रवि लामिछानेकै सहमतिमा सो छानबिन समिति बनेको बताउँदै समितिले छानबिन गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेकाले अहिले सोही सिफारिसको आधारमा लामिछाने पक्राउ पर्नुभएको पोखरेलले स्पष्ट पार्नुभयो ।

‘यो प्रक्रिया अगाडि बढिरहँदा यसको बारेमा किन हल्लीखल्ली ? लोकतन्त्रका विश्वास गर्ने, सार्वजनिक जीवनमा बाँचिरहेको कोही पनि व्यक्तिमाथि प्रश्न उठ्छ भने ऊ छानबिनको दायरामा आउनु पर्दछ, अभियोजन हो भने त्यसलाई स्वीकार गर्नुपर्दछ’ पोखरेलले भन्नुभयो ।

पोखरेलले मुलुकलाई निकास दिन एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्नु परेको पनि बताउनुभयो । मुलुकलाई थप संकटमा फस्न नदिन एमाले–कांग्रेस एक ठाउँमा उभिनु परेको उहाँको भनाइ छ ।

कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बरालले मुलुकको विकास र राष्ट्रियताको सच्चा पहरेदार एमाले भएकाले देशी, विदेशी तत्त्वहरूबाट पार्टीलाई चौतर्फी प्रहार हुन थाले पनि डटेर सामान गरिने बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतले राष्ट्रिय पर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल