Alliancekhabar

शनिबार, कार्तिक १७, २०८१

डोटी, कात्तिक १७ गते : तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लाष्टिका फुल मालाको बिक्री बढेको छ । जिल्ला सदरमुकाम सिलगढी, प्रमुख ब्यापारिक केन्द्र पिपल्ला, दिपायललगायत ग्रामीण क्षेत्रमा रहेका स–साना बजार क्षेत्रमा समेत प्लाष्टिकका फूलमालाको बिक्री अत्याधिक रुपमा भइरहेको छ ।

स्थानीय तहहरुले प्लाष्टिकका मालालगायतका सामग्री आयात बिस्थापन गर्ने किसिमका नीति निर्माण नगरेका कारण पनि ब्यापारीहरुले प्लाष्टिकको फूलमाला आयात र बिक्री बितरणलाई प्राथमिकतामा राखेको हुनसक्ने बताइएको छ । डोटीको दिपायल सिलगढी नगरपालिकाका स्थानीय चक्र साहुले भन्नुभयो, ‘प्लाष्टिकको फूलमालाको प्रयोग गर्दा हुने बेफाइदाका बारेमा जनचेतना जगाउने किसिमका क्रियाकलाप पनि आयोजना गरिएको देखिदैन । स्थानीय सरोकारवालाहरु यस बिषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’

बिगतका बर्षहरुजस्तै यो बर्ष पनि प्लाष्टिकका फूलका माला बिक्री बितरणमा रोक लाग्न सकेको छैन । जिल्लाका कतिपय स्थानहरुमा किसानहरुले ब्यावसायिक रुपमा फूल खेतीको सुरुवात गरिरहेका छन् ।

आयातित प्लाष्टिकका फूलमालाका कारण फूलखेती गरिरहेका किसानले उत्पादन भएका फुलको उचित मूल्य पाउन सकेका छैनन् । ब्यावसायिक रुपमा फूलखेति गरिरहनु भएका डोटीको शिखर नगरपालिका –१० का स्थानीय लोकेन्द्र रावलले भन्नुभयो, ‘हामीले उत्पादन गरेका सयपत्री फूल त्यसै खेरजाने अवस्थामा छ । सरोकारवाला निकाय मौन रहेका कारण प्लाष्टिकका माला आयात रोक्न सकिएको छैन ।’

प्लाष्टिकका कारण वातारणमा समेत नराम्रो असर परिरहेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले चाडपर्वको समयमा बजार क्षेत्रमा बजार अनुगमन गरिरहेको भए पनि प्लाष्टिकका फूलमाला लगायतका सामग्रीको विक्रीमा रोक लगाएको देखिदैन । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भन्नुभयो, –‘स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रमा नीति निर्माण गरेर प्लाष्टिकका माला आयात रोक्न सक्छन्, यहाँ के भइरहेको म बुझ्छु ।’

उद्योग बाणिज्य संघ डोटीले अघिल्लो बर्ष तिहारको समयमा प्लाष्टिकका माला बिक्री बितरण नगर्न सूचना नै जारी गरेको थियो । सूचना जारी गरिएको भए पनि प्लाष्टिकका फूलका मालाहरु बिक्री बितरण रोकिएको थिएन । जिल्ला प्रशासन कार्यालयबाट कुनै जानकारी नआएको भए पनि गत बर्षकै निर्णयलाई कायम गरी प्लाष्टिकका माला बिक्री बितरण रोक लगाइएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष बिक्रम साउँदले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल