Alliancekhabar

शुक्रबार, कार्तिक १६, २०८१

तम्घास, कात्तिक १६ गते : गुल्मीमा ५० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूल खेती भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गत वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले पनि गत वर्ष कृषकहरूले एक सय रोपनीमा गर्दै आएको फूल खेती घटाएर पचास रोपनी क्षेत्रफलमा गर्दै आएको ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

जिल्लामा दुई दर्जनभन्दा बढी कृषक व्यावसायिक रूपमा फूल खेतीमा आबद्ध रहेका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर–६ मा प्रेम नेपालीले पुष्प खेतीको सुरुवात गर्नुभएको छ । नेपालीले जग्गा लिजमा लिएर यस वर्ष दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूल खेती गर्नुभएको छ । अघिल्लो वर्षबाट फूल खेती सुरु गर्नु भएका नेपालीको फर्ममा यति बेला तिहार पर्वलाई लक्षित गरेर फूलहरू फुलिरहेका छन् । गत वर्ष तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएका नेपालीले यस वर्ष दुई  रोपनीमा मात्रै फूल खेती गर्नुभएको छ । गत वर्ष बिक्री कम भएकाले क्षेत्रफल घटाएको नेपालीको भनाइ छ ।

वडा नम्बर–१० मा विनोद कुँवरले पनि गत वर्षभन्दा फूल खेतीको क्षेत्रफल घटाएर एक रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गर्नुभएको छ । इस्मा गाउँपालिका वडा नम्बर–३ मा गोकर्ण नेपालीले पनि क्षेत्रफल घटाएर १ रोपनी क्षेत्रफलमा फूल खेती गर्नुभएको छ । त्यस्तै छत्रकोट गाउँपालिका वडा नम्बर–३ मा भुवन खराल, सत्यवती गाउँपालिका वडा नम्बर–१ मा महेन्द्र खत्रीले पनि यस वर्ष उत्पादन क्षेत्रफल घटाउनुभएको छ ।

गत वर्ष उत्पादन धेरै भए पनि जिल्ला बाहिर फूल निर्यात गर्न नसक्दा कृषकहरूले उत्पादन क्षेत्रफल घटाएका हुन् ।  अहिले ग्रामीण भेगमा रहेका रैथाने फूल, थुङगे, मखमलीलगायत विभिन्न जातका फूलहरू हराउँदै गएका छन् । उन्नत जातका बीउका फूलहरू लगाउने गर्नाले रैथाने जातका फूलहरू पाउन मुस्किल पर्न थालेको ज्ञान केन्द्र प्रमुख भण्डारीले बताउनुभयो ।

सामान्य मेहनत र थोरै लगानीले धेरै आम्दानी गर्न सकिने नगदे बालीका रूपमा फूल खेतीलाई लिइन्छ । तिहारलगायत विवाह, पूजा तथा मेला महोत्सवमा फूलको माग बढी हुन्छ । जिल्लामा यस वर्ष तयारी प्रति मालाको दुई सय रुपियाँ र प्रति केजी पाँच सय रुपियाँसम्म फूल  बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल