नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ । कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उहाँलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय […]
सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो । नेपालभरमा परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजीलाई पनि दिन सकिने गरी छलफल भएको भेहिकल फिटनेस […]
सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको सप्ताहको सन्दर्भमा आज स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा […]
यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ […]
काठमाडौँ -२० साउन । हालै भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभिएनएल)बीच सम्झौता भएको हो । […]
स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना सङ¬्कलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ […]
दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल […]
घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ । “फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि नपरेको उहाँको भनाइ छ । बरु […]
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्नुहुन्छ । उहाँ मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउनुहुन्छ । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा हुनुहुन्छ । आफूले थाहा पाउने समयमा गाउँमै तीन […]
ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् […]