मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक तथा सामाजिक काममा संलग्न भई मन सन्तोष प्राप्त हुनेछ […]
दोधारा चाँदनी (कञ्चनपुर), असोज ९ गते । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो । “यसअघि इजरायल […]
काठमाडौँ, असोर ८ गते। नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा स्वस्थ हुनुभएको छ । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पूर्ण रुपमा स्वस्थ हुनुभएको जानकारी दिनुभयो । देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको हुँदा अस्पतालबाट डिस्चार्ज नभएको प्रवक्ता […]
काठमाडौँ, असोज ८ गते । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक […]
चितवन, असोज ८ गते । चितवनको बस्ती विकासमा भएको जग्गासम्बन्धी प्रमाणपुर्जा जेनजी समूहको आन्दोलनका क्रममा गरिएको आगलागीमा जलेर नष्ट भएको छ । बस्ती विकास लागि जङ्गल फँडानी गर्न दिएको अनुमतिपुर्जा, त्यही पुर्जाका आधारमा गरिएको जग्गाको नापजाँचको प्रमाण र त्यसैको आधारमा खडा गरिएका थुप्रै प्रमाण नष्ट भएका छन् । भदौ २४ गते मालपोत कार्यालयमा भएको आगजनीले […]
सप्तरी असोज ८ गते । सप्तरीको राजविराजस्थित राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत स्वास्थ्य कार्यालय अगाडि नेपाल खानेपानी संस्थान कार्यालयको लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती ब्यहोर्न बाध्य भएका छन् । आइतबार नेपाल खानेपानी संस्थान कार्यालयले गजेन्द्र नारायण सिंह अस्पतालको धारा पाइप जडान गर्न मुख्य सडक नै खनेर जोडेको थियो । तर काम नसकिएपछि खाल्डो भएर यातायातका साधन जोखिम मौलेर […]
ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त भएको छ । वडा ४ स्थित साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेगरी गाउँपालिकालाई मङ्गलबार एउटा (एक थान) एम्बुलेन्स प्राप्त भएको हो । काठमाडौँ महानगरले सिदिङ्वा गाउँपालिकालाई अनुदानमा उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । महानगरले सिदिङ्वा गाउँपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) […]
धनगढी, असोज ८ गते । चाडपर्वमा अमनचयन खलबलिन नदिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलाप, झैझडा नियन्त्रणका लागि चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वको मौका […]
विराटनगर, असोज ८ गते । कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेशको प्रदेश सभा हलमा तत्काल बैठक बस्न नसकिने भएकाले उपयुक्त स्थान खोजी गरेर मात्र बैठक बोलाउनुपर्ने दलका नेताहरूले सुझाएका थिए । त्यससँगै सरकारले […]
काठमाडौँ, असोज ३ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६१, गोलभेँडा सानो (भारतीय) […]