alliance khabar

शुक्रबार, साउन २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बेकरिङ, क्याटरिङ, फास्टफुड तथा भाँडाकुँडाको व्यापार गर्नेका लागि दिन राम्रो छ । ग्राहकको विश्वास जित्न भने समय लाग्न सक्छ । परिवारमा सुख शान्ति रहनेछ । प्रतिस्पर्धामा योजनाबद्ध तयारी गरे सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शिक्षा र लेखन क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षमता देखाएर प्रशंसा पाउने समय छ । नयाँ कुरा सिक्ने अवसर मिल्न सक्छ । साथीभाइसँग रमाइलो हुनेछ भने प्रेम सम्बन्धमा खुसी मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दैनिक खर्च बढ्नेछ, त्यसैले आर्थिक कारोबारमा सचेत रहनुहोस् । घर जग्गा वा सेयरमा लगानीको योजना बन्न सक्छ । पति पत्नीबीच सामान्य मतभेद हुन सक्ने भएकाले धैर्य राख्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीमा रुचि बढ्नेछ । रोकिएका काम फेरि प्रयास गर्दा सफल हुनेछन् । साथीभाइ तथा सहकर्मीको सहयोग मिल्नेछ । रमाइलो भेटघाटले दिन थप सुखद बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सम्बन्धका लागि दिन राम्रो भएपनि अनावश्यक बहस नगर्नुहोस् । व्यापारमा घाटा वा धनमाल हराउने जोखिम छ । ग्राहकसँग व्यवहार गर्दा नम्रता अपनाउनु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

जोखिमपूर्ण काममा पैसा नलगाउनुहोस् । आम्दानी बढ्ने सम्भावना छ । प्रशासनिक तथा व्यवस्थापकीय काममा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्न वा घुमफिर गर्न समय अनुकूल छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन एकाग्र गर्न कठिन हुन सक्छ । धेरै महत्वाकांक्षा राख्दा समस्या आउन सक्छ । सम्बन्धमा पारदर्शिता कायम गर्नुहोस् । सानो कुरा लुकाउँदा विश्वासमा समस्या आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएको काम फेरि अघि बढाउने समय हो । मेहनतको राम्रो परिणाम मिल्नेछ । पुराना साथी वा विदेशमा रहेका आफन्तसँग भेटघाट हुन सक्छ । विदेश जाने योजना बनाउन पनि दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कामको चाप बढ्नेछ तर मेहनतको राम्रो फल पाइनेछ । नेतृत्व र निर्णय क्षमता प्रभावकारी रहनेछ । करियर तथा व्यवसायमा सुधारको संकेत छ । प्रयास गरे रोकिएको काम पनि बन्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ अनुभवले काम गर्ने शैलीमा सुधार ल्याउनेछ । वरिष्ठको सहयोगमा समस्या समाधान हुनेछ । प्रेम सम्बन्धमा खुसी मिल्नेछ । आकस्मिक लाभको सम्भावना पनि देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

चुनौतीभित्र अवसर खोज्ने समय हो । जटिल काममा प्रयास गर्दा सफलता मिल्न सक्छ । कागजपत्रमा हस्ताक्षर गर्दा भने विशेष सावधानी अपनाउनुहोस् । मनमा तनाव र थकान बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मनोरञ्जन र रमाइलोमा समय बित्नेछ । कामकाजी महिलाका लागि प्रगतिको योग छ । नयाँ साथी बन्ने तथा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । साथी वा सहकर्मीको सहयोगले काममा सफलता मिल्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ