शाक्यद्वारा लिखित ‘करुणा’ माथि विमर्श

बनेपा, वैशाख २१ गते । साहित्यकार राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । पाणिनि बुक्स प्रालिद्वारा शनिबार धुलिखेलमा आयोजित करुणाको आत्मकथाको विमर्शमा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले पुस्तकमा सबै विषयमा करुणा झल्किएको बताउनुभयो । शाक्यको आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले तिम्रो छातीमा दया, […]

सङ्कटमा ढाका उद्योग

बबई (बर्दिया), वैशाख २१ गते । बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो । सरुवाती समयमा ढाकाका कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक […]

कक्षा १२ को परीक्षा आजदेखि

भक्तपुर,  वैशाख २१ गते ।  राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु हुने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । […]

आजको मौसमः पहाडी भेगमा हल्का वर्षा

काठमाडौँ, वैशाख  २१ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही  पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र  कोशी र लुम्बिनी प्रदेशलगायत देशका […]

वैशाख २१ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त […]

नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री ओली

काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसदमा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले  आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसद्लाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार भएको नेकपा (एमाले) […]

साहित्यकार पहाडी र वललाई जनमत सम्मान

काठमाडौँ, वैशाख २० गते । जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ । नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्‍याउनु भएको योगदान बापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र बललाई जनमत–ज्ञानरत्न÷मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो । वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाललगायतले सम्मान अर्पण गर्नु भयो । […]

‘अभियान सम्मेलन २०२५’ काठमाडौंमा हुने

काठमाडाैं, वैशाख २० गते । जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित ‘अभियान सम्मेलन २०२५’ आगामी ५ र ६ ‘मे’ मा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ । सम्मेलन एक्नसएड इन्टरनेशनल नेपाल, नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपालको सहकार्यमा आयोजना र सञ्चारिका समुहको सहकार्यमा हुन लागेको हो । यो दुई दिने राष्ट्रियस्तरको […]

एआईको चेतनाका लागि काम गर्छौ : मन्त्री खड्का

धनगढी, वैशाख २० गते।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताउनुभएको छ। एआई कार्यशालामा सहभागी विद्यार्थीको शनिबार ज्ञापनपत्र बुझदै मन्त्री खड्काले “सेन्टर फर एक्सलेन्स” को स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता गर्ने बताउनुभयो। धनगढीमा पहिलो पटक भएको एआई सम्बन्धी कार्यशालाका सहभागीले एआई सम्बन्धी काम गर्न प्रदेश सरकारले ढिलाई […]

एकजुट भएर अगाडि बढ्न एनआरएनलाई परराष्ट्रमन्त्री डा. राणाको आग्रह

काठमाडौँ, वैशाख २० गते।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उहाँले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू आफू आबद्ध पार्टीमा राजनीति […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ